सँखुवासभा : असार सकियो खेत बाझैं छ

Read Time:1 Minute, 32 Second

धरान बैदेशिक रोजगारमा युवा पलायन भए पछि हली र वाउसे नपाएर पछि संखुवासभाका अधिकंश ठाउँमा रोपाई हुन सकेको छैन । असार अन्तिम हुन लागे पनि जिल्लामा ३० प्रतिशत मात्र रोपाई भएको कृषि बिकास कार्यालयले जनाएको छ ।

   लेखपढ र जागीरको सिलसिलामा शहर बसेकामध्ये कतिपय रोपाईंको बेला गाउँ जाने पनि गरेका छन् । तर केही दिन गाउँ जाने युवाहरुले खेतलाको अभाव पुर्ती गर्न सकेका छैनन् । जिल्लाको वाना,स्याबुन,बाह्रबिसे,सिद्धकाली,चैनपुर,मादि लगायतका गाबिसमा पनि यस्तै समस्या रहेको कृषकले बताएका छन । गाउँठाउँमा रोपाईं गर्ने मजदूरले दिनको ३ सय रुपैंयासम्म ज्याला लिन्छन् । हलगोरु र हलीका ज्याला यस बर्ष संखुवासभामा एकहजार रुपैंयासम्म पुगे पनि भनेको बेला नपाउने गरेको कृषकहरुले दुखेसो गरेका छन् । अघिल्लो बर्षहरुमा खेतालको ज्याला प्रति व्यत्ति एक सय रुपैयाँ र हलि गोरुको ६ सय रुपैयाँ रहेको थियो । गाउँमा एक हली गोरु र ४ रोपार बरावर मान्ने प्रचलन छ ।

भैरब आङ्ला

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %