भोली जनजाति महिलाहरु भिड्ने

Read Time:1 Minute, 39 Second

काठमाण्डू

–राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको पाँचौं महाधिवेशन राजधानीमा हुने भएको छ । हिंसा अन्त्य गरौं, कुरा होइन काम गरौं’ भन्ने नारासहित असार २७ गते शुक्रबार राजधानीको कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा सुरु हुने महासंघकी महासचिव सुनी लामाले जानकारी दिईन । अध्यक्ष लामाका अनुसार महाअधिवशेशनको उद्घाटन राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेखचॉद ताराले गर्ने कार्यक्रम छ । महासंघमा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये ३५ जातीय संगठन आवद्ध छन् । महाधिवेशनमा देशभरिबाट करिब तीनसय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ ।
पाँचौ महाधिवेशनमा अध्यक्ष पदका निम्ति जिरेल महिला संघकी अध्यक्ष तथा पूर्वसभासद शान्ति जिरेल र थारु महिला जागरण केन्द्रकी अध्यक्ष फुलमति चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी महासचिव पदमा याक्खामा याक्तेनकी सचिव शान्ति देवान र मगर महिला संघकी अध्यक्ष गंगा खासुमगरले उम्मेदवारीको घोषणा गरेका छन् । महाअधिवेशनबाट हिमाल, पहाड र तराईबाट महासंघको ११ सदस्यीय सचिवालय हुनेछ ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %