बाँकेमा लाग्यो चुनाव

Read Time:3 Minute, 51 Second

नेपालगन्ज, २५ अषाढ

‘शुद्ध नामावली, स्वच्छ निर्वाचन’ नारा दिएर नेपालमा पहिलो पटक सुरु गरिएको फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता गर्ने कार्यले यति बेला देशभरि नै तिव्रता पाएको छ । निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली अनुसार अबको चुनावमा भोट दिन पाईने नियम लगाएपछि बांके जिल्लाका जनताहरु यति बेला निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयमा घुईचो लागेका छन् ।निर्वाचन आयोगले मतदाता नामावलीको म्याद असार मसान्तसम्म मात्र रहने भनेपछि यहांका बासिन्दाहरु फोटो सहितको मतदाता नामावली दर्ता गराउन सक्रिए भएका हुन्


।

बांके जिल्लामा हाल सम्म २ लाख १० हजार २ सय १७ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराई सकेको छ भने पुरुषतर्फ १० हजार ६४ सय ४३ र महिला तर्फ १० हजार ३७ सय ७१ जना ले मतदाता नामावली दर्ता गरेको निर्वाचन अधिकृत लोक बहादुर रानाले बताए ।
उनका अनुसार हामीले मतदाता नामावली दर्ताका बारेमा बारम्बार सूचना दिइरहदापनि राजनीतिक अस्तीरताका कारण जनताहरुले त्यति चांसो नदिएको बताउंदै केही दिन यता भने मतदाता नामावली दर्ता गराउनेको घुईचो लागेको जानकारी दिए ।निर्वाचन कार्यालयका कर्मचारी शुशिला विष्टका अनुसार भने समयमै फोटो सहितको मतदाता नामावली दर्ता गराउन नआउंदा आजभोलि दर्ता कार्यमा भीडभाडले गर्दा काम गर्ने जनशक्तिमा कमि बताए । आफ्नो मतलाई सदुपयोग गर्नु पर्दछ भन्दै निर्वाचन आयोगमा मतदता नामावली दर्ता गर्न आएका भएका स्थानीय बासिन्दा विष्णु माया थापाले फोटो सहितको मतदाता नामावलीमा अलि समस्या भएको बताए ।

  • निर्वाचन कार्यालयका अर्का कर्मचारी उर्मिला पुनमगरका अनुसार दिनप्रति दिन बढ्दो फोटो सहितको नामावलीले गर्दा र कर्मचारीको अभावका कारण सांझ सम्म बसेर काम गर्नु पर्ने समस्या भएको बताए । यति मात्र नभई कतिपय मतदाता दर्ता गराउन आउने जनताहरुले नबुझी रिसाउने गरेको पनि दुखेसो पोखिन ।
    उनका अनुसार समय मै मतदाता नामावली दर्ता गर्न आएको भए यस्ता समस्या नपर्ने समेत जानकारी दिर्दै कोही छुटेका छन् भने असार मसान्त भित्र आउन पनि आग्रह गरिन् । उनी मात्र होइन अर्का स्थानीय बासिन्दा अस्मिता तिमिल्सिनाले फोटो सहितको मतदाता नामावली भएपछि निर्वाचनमा मत हाल्दा कसैलेपनि ढाटन नपाउने भन्दै आयोगले ल्याएको यो काम राम्रो भएको बताए ।
    असार मसान्त भित्र उमेर पुगेका सबै नेपाली नागरिकले फोटो सहितको मतदाता नामावली दर्ता गर्नकोलागि बारम्बार सुचना दिईरहेको छ तर सूचना देखि बञ्चित राज्यदेखि पछाडि परेका गाउंबस्तीका जनताहरु अहिले पनि फोटो सहितको मतदाता नामावली दर्ता गर्न भने पछि परेका छन् ।

– दीपा आले

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %