तस्कर सहित ३५ किलो सुन पक्राउ

Read Time:3 Minute, 55 Second

काठमाण्डु
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार राजधानीको कोटेश्वरमा एउटा ट्रकबाट ३५ किलोग्राम सुन सहित चार जनालाई काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ । नेपाल–चीनबीचको तातोपानी नाकाबाट उक्त तस्करी गरिदैंथियो । त्यहाँबाट राजधानीसम्म आइपुग्दा सयौं चेकपोष्ट कट्नुपर्छ । तर ती चेकपोष्टका प्रहरीहरूको आँखा छल्दै र उनीहरूलाई आर्थिक प्रलोभनमा पार्दै सुन तस्कहरूले राजधानीमा सुन भित्र्याउने गरेका छन् । सुन तस्करीमा भन्सार र राजश्व अनुसन्धानका कर्मचारी मात्र नभई प्रहरी नै संलग्न हुने गरेका छन् । त्यसैले अधिकांश सुन बरामद्का घटनामा तस्कर चाहिं पक्राउ पर्दैनन् । मंगलबार राति नै तातोपानी नाका हुदै सुन राजधानी ल्याउदै गरेको सुईको पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले कन्टेनरको पिछा गर्दै राजधानीको कोटेश्वरमा आइपुगेपछि पक्राउ गर्यो ।

ब्यूरोको टोलीले राजधानीसम्म आइपुग्दा तस्कर कहीं र कुनै तरहले सम्पर्कमा आउला भन्ने सोचेको थियो । त्यसबाहेक अन्य जिल्लाबाट पक्राउ गर्दा माथिल्लो निकायबाट दवाब आउन सक्ने ठानेर पनि राजधानी छिर्न दिएको थियो । बा ३ ख २५८० नम्बरको कन्टेनर तातोपानीबाटै ब्यूरो टोलीको निगरानीमा रहेको थियो । सुन बरामद् घटनाबारे बुधबार ब्यूरोले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पक्राउ परेका चार जनामा सिन्ध्््ुपाल्चोक तातोपानी– ४ का निमाछिरिङ तामाङ र ओमबहादुर बज्राचार्य, काठमाडौंका ग्याम्जो लामा र सुनसरीको धरानका मोहनकुमार अग्रवाल छन् । जसमध्ये लामा र अग्रवाल मुख्य तस्कर हुनसक्ने बताइएको छ । राजश्व अनुसन्धान विभागमा राखिएका उनीहरूमाथि अनुसन्धान भइरहेको छ । तातोपानी नाका हुदै राजधानी ल्याइएको सुन बरामद् भएको यो पहिलो घटना होइन । पटक–पटक सुन बरामद् भएका छन्, त्यो पनि ठुलो परिमाणमा । यसरी राजधानी ल्याइएका सुन तस्करहरूले भारत लैजाने गरेको बताइन्छ । सुनको मूल्यमा लगातार उतारचढाव आएकोले पनि सुन तस्करी अझ बढेको प्रहरीको दाबी छ । तर अधिकांश घटनामा सुन बरामद् भए पनि सुन तस्कर भने उम्कदै आएका छन् । जसका कारण सुन बरामद् मुसा–बिरालोको खेलजस्तो मात्र भइरहेको छ । तस्करी भनेको भन्सार अर्थात् राजश्व छल्नु हो । राज्यलाई ठग्नु हो । त्यसैले यस्तो घटना रोक्न राज्यले नै चासो दिनुपर्छ । अनि प्रहरीलाई थप जिम्मेवार र चनाखो बनाउनुपर्छ । जसले प्रहरीलाई व्यवसायिक र सक्षम बनाओस् । अनि तस्करको जरासम्म पुगेर प्रहरी उनीहरूको जालो तहस–नहस पार्न सफल बनोस् । त्यो भए मात्र प्रहरी आफ्नो मिसनमा सफल हुनेछ र राज्यलाई पनि फाइदा पुग्नेछ ।

-आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %