- महासंघले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै
- हङकङमा आदिवासी जनजाति मूलको नेपाली महावाणिज्यदूतको माग राखि विगत सात वर्षदेखि आन्दोलनरत नेपाल आदिवासी जनजाति महासंघ हङकङ र नेपाली महावाणिज्यदूतावास हङकङबीच ७ जुलाई २०१३ का दिन वार्ता भएको सम्बन्धित सम्पूर्णमा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।
नेपाली महावाणिज्यदूतावासमा भएको वार्तामा महासंघको तर्फ बाट बुँदागत रुपमा दुईवटा विषय प्रस्तुत गरिएका थिए । पहिलो बुँदा नेपाल आदिवासी जनजाति महासंघको मागलाई समर्थन गर्दै महावाणिज्यदूत महेशप्रसाद दाहाललाई नेपाल फर्कन आग्रह गरिएको थियो भने दोस्रो बुँदामा यदि नफर्कने हो भने स्थानीय नेपाली समुदायको कुनै पनि कार्यक्रममा सहभागी नहुन र भएमा विरोध हुने जानकारी गराइएको थियो ।
वार्ताको शुरुवातमा महासंघकोतर्पmबाट आदिवासी जनजाति मूलकै नेपाली महावाणिज्यदूत माग गर्नुको पृष्ठभूमि बताइएको थियो । उक्त क्रममा विगतमा महावाणिज्यदूतावासबाट भएका एक पक्षीय कामकार्वाहीले यहाँका नेपाली आदिवासी जनजातिको अस्तित्व अस्वीकार गरिएको र मान मर्दन गरिएका घटनाका बेलिबिस्तार लगाइएको थियो । महावाणिज्यदूतावासबाट हिन्दू धर्म र खस–आर्य समुदायलाईमात्र बढावा दिइएका उदाहरणहरु पेश गरिएका थिए । दशैं, तीजजस्ता हिन्दूजन्य चाडमात्र नेपाल सरकारको वजेटमा मनाइने गरिएको, खस–आर्यको वर्चस्व रहेको हङकङ एकीकृत नेपाली समाज (हिन्स)लाईमात्र प्रोत्साहित गरिएको, महावाणिज्यदूतले हिन्सबाहेक अन्य संस्थाको आवश्यकता नभएको अभिव्यक्ति दिएकोलगायतका उदाहरणहरु प्रस्तुत गरिएका थिए । - यसैगरि नेपालको हरेक क्षेत्रमा समावेशिता शुरु गरिएको भए पनि लगभग दुई दशकको अवधिमा आएका छजना महावाणिज्यदूत एकै समुदायको रहेकोले समावेशिताको आधारमा आदिवासी जनजाति मूलको महावाणिज्यदूतको माग गरिएको जानकारी गराइएको थियो । त्यसैगरि प्रधानमन्त्री, मन्त्रीलगायत मुख्य दलका नेतालगायतलाई मागपत्र, ज्ञापनपत्रलगायत बुझाइएको जानकारी गराइएको थियो ।
महासंघको बुँदा प्रस्तुतपश्चात महावाणिज्यदूत महेशप्रसाद दाहालले आपूm नेपाल सरकारको कर्मचारी रहेको र खटाएको जिम्मेवारी पुरा गर्न आफ्नो दायित्व रहेको बताउँदै महासंघको आन्दोलनको समर्थन गर्ने बताएका थिए । उनले आफ्नो ठाउँबाट सक्दो प्रयाससहित सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । सोही क्रममा उनले राजनैतिक दवावमात्र पर्याप्त नभएको र कर्मचारी तहमा पनि दवाव दिनु पर्ने सुझाएका थिए । यसकोसाथै महावाणिज्यदूतको लागि मापदण्ड, आदिवासी जनजाति मूलका महावाणिज्यदूतको लागि उपयुक्त उम्मेदवारको खोजीलगायतका विषयमा उनले प्रस्टाएका थिए ।
लगभग तीन घण्टाको वार्तामा दुवैतर्पmको कुरा सुन्ने र सुनाउने कार्य भएका थिए । सोही क्रममा दुवैतर्पmबाट अभैm तयारीसहित अर्को चरणमा वार्ता गर्नु पर्ने महशुश गरिएकोले बीचमा आवश्यकीय गृहकार्यसहित २१ जुलाई २०१३ का दिन पुनः वार्तामा बस्ने सहमतिसहित कुनै निष्कर्ष बिना उक्त वार्ता समाप्त भएको थियो ।
अतः महासंघको तर्पmबाट गृहकार्य स्वरुप यही १४ जुलाई २०१३ का दिन ठीक ५ बजे हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरमा छलफल कार्यक्रम राखिएकोले आन्दोलनमा सहभागीलगायत सरोकारवाला सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।८ जुलाई २०१३
एमबी थापामगर
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ हङकङ
