अब खपागीं पनि उड्न पाँउछन् कि !

Read Time:1 Minute, 47 Second

काठमाण्डु दुर्घटनामा परि गम्भीर घाईते भई राजधानीमा उपचार गराईरहेका जनजाति आन्दोलनका अग्रज गोरेबहादुर खपागींको उपचारका निम्ति पुनः प्रमुख दलका नेताहरुको शरण परिएकोछ । ७२ दिन देखी उपचार गरिरहेका डाक्टर हरुको सल्लाहमा उनलाई सिंगापुर या भारतको मेदानता अस्पताल लग्नुपर्ने हुनाले  त्यसका लागी खपागींको उपचार गर्न बनेको सहयोग समितिका सदस्य हरु  सहयोग माग्न गएकाथिए ।

चार दलीय संयन्त्रका बिजय गच्छदार, नेकाका शेरबहादुर देउवा र एमालेका झलनाथ खनाललाई छुट्टाछुट्टै भेटी राज्यले हेरिदिन अनुरोध गरिएकोथियो । त्यसरी गएकाहरुको भनाईमा उनीहरुले सहयोग गर्ने आश्वासन दिएकाछन् । अब अध्यक्ष खिलराज रेग्मीसंग पुग्ने तयारी गरिदैछ । जनजाति पेशाकर्मी,नेता, बुद्धिजिवीहरुको सहयोग समिति बनाई सहयोग उठाईदैछ ।

  अन्य ब्यक्तिलाई लाखौ उपचार ख़र्च गर्ने सरकारले खपागीं जस्ता बरिष्ठ नेतालाई उपेक्षा गरिएको भन्दै जनजातिहरुले विरोध गरिरहेकाछन् । कुनै बेला खपागीं विरामी हुंदा स्वयं प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला अस्पतालमा भेट्न आएकाथिए । उनले अन द स्पट उनको सम्पूर्ण खर्च राज्यले ब्योहोरिदिने घोषणा गरेकाथिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %