पाल्पा, असार २३
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ पाल्पा शाखाको आयोजनामा संचारमाध्यममा आदिबासी पत्रकार हरुको भुमिका बिषयक एक दिने कार्याशाला तानसेनमा सम्पन्न भएको छ ।
जनजाति पत्रकार महासंघको कार्यालय बडिज्ञानटोलमा भएको कार्याशालाको आदिबासी जनजाति महासंघ पाल्पाका पुर्ब प्रमुख सल्लाहकार तथा पुर्ब नगर प्रमुख अशोक कुमार शाहीले सहजीकरण गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका शाहीले लोकतन्त्र प्राप्ती पछि पनि आदिबासी जनजातिहरुको मुद्धाहरु आमसंचार माध्ययमहरुले उठाउन नसकेको गुनासो गरे ।
संघियता,समाबेशी, पहिचान र अधिकारको मुद्धा सशक्त पार्न पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने भन्दै जातिय अधिकारको लागी आदिबासी पत्रकारहरुले गंभिर भएर आवाज उठाउनुपर्ने उनको भनाई थियो।
आदिबासी जनजातिहरुको अधिकार प्राप्तीको लागी राज्यको पुर्नसंरचना हुनैपर्नेमा जोड दिदै उनले दोश्रो पटक हुन लागेको संबिधानसभाको चुनाबमा सबै जातिहरुलाइ एक भएर अधिकारको लागी लड्ने बाताबरण बनाउन आदिबासी पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा आदिबासी पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक देब पचभैया, पत्रकार महासंघ पाल्पाका सचिब रिखिराम राना, पत्रकार राजेन्द्र लिगल लगाएतले बोलेकाथिए ।
जिल्ला बिकास समिति पाल्पाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा जिल्लामा कृयाशिल जनजाति पत्रकारहरुको सहभागिता रहेको थियो । जनजाति पत्रकार महासंघ पाल्पाका अध्यक्ष राज कुमार आलेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष यमुना सारुले स्वागत, सचिब हरी बहादुर सारुले संचालन गरेकाथिए ।
