ट्याक्टरले च्यापिएर चालकको मृत्य

Read Time:57 Second

देब पचभैया

पाल्पा, असार १२,आफैले जोतेको ट्याक्टरले च्यापिएर पाल्पाको माडीफांटमा चालकको ज्यान गएको छ । खेत जोतिरहेको लु २ त ६८८१ नम्बरको ट्याक्टरले च्यापिएर चालक दाङ्ग गढवा १ का २५ बर्षिय राम प्रसाद चौधरीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । चिर्तुगधारा ६ भलुवाचौर फेदी निर हिजो बेलुकी ९ बजे खेत जोतिरहेको बेला ट्याक्टर हिलोमा फसेपछि निकाल्ने क्रममा त्यही ट्याक्टरले चालकलाई चापेको थियो । मृतक चौधरीको शब अहिले पोष्टमार्टमको लागी जिल्ला अस्पताल तानसेनमा ल्याईएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %