आफ्नै कथाब्यथा लेख्नेलाई दिईने पुरस्कार २९ असारमा

Read Time:1 Minute, 33 Second

पोखरा, ११ असार

तमु धिं नेपालका अध्यक्ष कर्म तमुले विवाह वर्षगाँठको अवसरमा आफु र लोग्ने कर्णको नाममा स्थापना गरिदिएको कर्मकर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७० प्रदान गर्न छनौट समिति गठन भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीद्धारा सञ्चालित पुरस्कारका लागि प्रतिभा छनौट गर्न पाँच समदस्यीय समिति गठन भएको हो । समितिको सदस्यहरुमा पुरस्कारदाता कर्म तमु, फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, सल्लाहकारहरु अधिवक्ता सुरेन्द्र थापामगर, राजबहादुर तमु, दिपेन्द्र श्रेष्ठ छन् ।

गतवर्षदेखि कर्म तमुको वर्षगाँठको दिन असार २९ गते प्रदान गर्न थालिएको पुरस्कार पाँच हजार एक रुपैया नगद र सम्मान पत्र रहेको छ । पहिलो पटक पत्रकार रीता तमु पुरस्कृत भएकी थिइन् । यो दोस्रो संस्करण हो ।

आदिवासी जनजातिको विषयवस्तुलाई मुल आधार मानी पत्रकारीता गर्ने पत्रकारलाई असार २९ गते एक कार्यक्रमका विच पुरस्कृत गरिने फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %