२४ जून, बुटवल
भाषा र संस्कृति विना कुनै पनि जातीको पहिचान हुन नसक्ने रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले आदिवासी जनजातिहरुको पहिचान गुमाउने काम राज्यबाट भएको हुदा यसको संरक्षण र सम्बर्दन पनि राज्यबाट नै गर्नु पर्नेमा जोड दिएका थिए । नेपाल मगर सघ रुपन्देहीले आयोजना गरेको २ दिने मगर भाषा तथा संस्कृति संरक्षणार्थ प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
नेपाल मगर संघ रुपन्देहीका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा मगर भाषा तथा साहित्य विकास केन्द्रका उपाध्यक्ष हरीदेव थापा, मगर लेखक संघका केन्द्रीय उपाध्यक्ष विष्णु सिंजाली, नेपाल मगर महिला संघ रुपन्देहीका सहसचिव केशरी गाहा लगायतले बोल्दै भाषा, संस्कार र संस्कृति संरक्षण र सम्बर्दन गर्न आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए । नेपाल सरकार, आदिवासी जनजाति उत्थान प्रतिष्ठान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा भएको प्रशिक्षण कार्यक्रममा विष्णु सिंजाली र दल बहादुर विरकट्टाले सहजीकरण गरेकाथिए । उपाध्यक्ष गिता सारुको स्वागत र सचिव कमला पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरि एक अर्को कार्यक्रममा चारदलिय सिन्डिकेटका कारण देश दलदलमा फस्दै गएको राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य मोहम्मद हसनको आरोप थियो । उनले चार दलको सिन्डिकेट जव सम्म देशमा हावी हुन्छ तव सम्म देशले निकास नपाउने ठोकुवा गरे । राष्ट्रिय भुतपुर्व सैनिक संगठन रुपन्देहीको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दैथिए ।
नेता हसनले जातिय पहिचान सहितको संघीयताको लागि संविधान सभाको निर्वाचन अपरिहार्य रहेको बताए । सर्वपक्षिय सहमतिको आधारमा राजनैतिक दलको नेतृत्वमा सरकार गठन गरी संविधान सभाको निर्वाचन गर्नु पर्नेमा उनको जोड थियो । 
राष्ट्रिय भुतपुवै सैनिक संगठन रुपन्देहीका अध्यक्ष भिम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय परिषद सदस्य होमाया गुरुङ्ग, दल बहादुर विरकट्टा, बल बहादुर थापा, बैल्पिक संघीय परिषद सदस्य कृष्ण नेपाली, पार्टीका रुपन्देही अध्यक्ष झम बहादुर गुरुङ्ग, क्षेत्रीय अध्यक्षद्धय मिना पाटा, रुम बहादुर फौजा लगायतले बोल्दै एमाओवादी, काग्रेस, एमालले संघीयता नचाहेका कारण संविधान सभाको विघटन भएको आरोप लगाएका थिए ।
प्रथम अधिवेशनले नरसिं काउछाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेम बहादुर थापा, सचिवमा भिम बहादुर गुरुङ्ग, सहसचिवमा ओम बहादुर थापा, कोषाध्यक्षमा नरप्रसाद गुरुङ्ग रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा तिलप्रसाद राना, लिल बहादुर काम्मु, सन्त बहादुर सारु, नेत्र बहादुर आले, डम्वर बहादुर थापा, होमराज गुरुङ्ग, श्याम बहादुर थापा, याम बहादुर थापा, मरेङ्ग राजकोटी, भिम बहादुर थापा, रेमान सिंह श्रीस, तुल बहादुर थापा रहनु भएको छ । नरसिं काउछाको स्वागत र भिम बहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ती
