बाहुन क्षेत्रीको दलमा नगएको स्पष्टीकरण

Read Time:1 Minute, 58 Second

पाल्पा, असार १०,

जनजाति र मधेसीले देश टुक्र्याउन थाले र आफ्नो अस्तित्व खतरामा परेको भन्दै संगठित भई चुनाव लड्न दल समेत दर्ता गराएका बाहुन क्षेत्रीको दल अखण्ड नेपाल पार्टी फेरी चर्चामा आएको छ । उग्र साम्प्रदायिक वक्तब्यवाजी गरेर चर्चामा आउने यस दल यसपालि भने अर्के कारणले चर्चामा छ ।

तानसेन ६ बसन्तपुर पाल्पाका मिन बहादुर केसीले नव गठिट अखण्ड नेपाल पार्टीको  केन्द्रिय सदस्यमा आफ्नो नाम परेकोमा गंभिर ध्यानआर्कषण रहेको बताएकापछि यो दल चर्चामा आएको हो  । केन्द्रिय सदस्यमा मनोनित भएको भन्दै एफएम रेडियो र पत्रपत्रिकामा आफ्नो नाममा समाचार र बधाईहरु आएकोमा आफुलाई अनौठौ लागेको भन्दै उनले प्रेस बिज्ञप्ति मार्फत खण्डन गरेकाछन् । आज प्रेस बिज्ञप्ती जारी गर्दे केसीले  आफु नेपाली काग्रेसको निर्बाचित सदस्य रहेको र नया पार्टीमा नगएको बताएकाछन् । तर एक महिना अघि गठन भएको अखण्ड नेपाल पार्टीमा केन्द्रिय सदस्यको रुपमा उनको नाम पनि थियो ।
शिक्षण पेशाबाट अवकास लिएका केसी नगरभित्र समाजसेवीको रुपमा पनि परिचित छन् । लामो समय काग्रेसमा आबद्ध केसी नया पार्टीमा गएसंगै काग्रेस भित्र निकै खैलाबैला मच्चिएको थियो । मिन बहादुर केसी क्षेत्री समाज पाल्पाको अध्यक्ष पनि हुन् ।

 देब पचभैया

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %