देब पचभैया
पाल्पा, असार १०
चुनाबी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको पाल्पाको पोखराथोक ६ धवादी स्थित पुरख्यौली घर नजिकै भेटिएको टाइम बम डिस्पोज गरिएको छ । नेकपा माओवादी क्रान्तिकारी २ नम्बर मध्य फर्मेशनको नाममा जारी प्रेश विज्ञप्ती संगै निलो र हरिया रंगको झोला भित्र आज बिहान ६ बजे फेला परेको कुक्कर टाईम बम लाई नेपाली सेनाको २२ नम्बर बाहिनी बुटवलबाट आएको टोलीले डिस्पोज गरेको हो । बम डिस्पोजल टोलीका सहसेनानी मातृका कुवरका अनुसार १२ घण्टा पछि पड्किने गरि घडी लगाएर बम आज बिहान राखिएको र डिस्पोजमा ५ घण्टा ढिला भएको भए ठुलो क्षति हुन सक्ने जानकारी दिनुभयो । उहाका अनुसार दुईवटा डेटोनेटर राखेर दुई लिटरको कुक्कर भरी गनपाउडर भरिएको थियो । बम दिउसो १ बजे निस्किृय पारीएको हो ।
रेग्मीको घरमा बस्दै आएका नवलपरासीका श्रीराम थापाले विहान पानी खोल्न जाने क्रममा शंकास्पद झोला देखे पछि प्रहरीलाई खवर गरेका थिए । रेग्मीको घर देखि करिव ४० मिटरको दुरीमा उत्तरपश्चिम तर्फ रहेको काब्रोको रुख मुनी बम भेटीएको हो । पाल्पा स्थीत नेपाली सेनाको चण्डी प्रसाद गण र प्रहरी प्रमुख स्थानेश्वर रेग्मी सहितको टोली पनि घटना स्थल पुगेको थियो । डिस्पोज टोलीका सहसेनानी मातृका कुँवर मगरले जानकारी दिनु भयो ।
वर्तमान कठपुतली सरकारले जनतालाई झुक्काउन संविधान सभाको चुनाव गराउन लागेको भन्दै चेतावनी स्वरुप कारवाही गरिएको बम संगै भेटीएको विज्ञप्तीमा उल्लेख छ। क्रान्तिकारीका कमाण्डर हिमाल र कमिसार दर्शन द्धारा हस्ताक्षरीत विज्ञप्तीमा प्रतिगामीहरुको संविधान सभा र संसदिय व्यवस्थाको दुसप्रचारको प्रभावमा नपरि सचेतापुर्वक जनयुद्धको विद्रोहात्मक संर्घषमा जुट्न सबै संग आव्हान गरिएको छ ।