टिकटमा दुई जोशिला भाषिक कविका दमदार कविता

Read Time:5 Minute, 8 Second


कास्की ८ असार
भाषिक अभियानमा नौलो प्रयोग गर्नेगरि नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्र पश्चिमाञ्चल समितिले मगर भाषामा कविता वाचन गराएकोछ, त्यो पनि दाम तिर्ने गरि । बाह्र मगरात मगर भाषाका  कवि टोप अस्लामी र अठार मगरात मगर भाषाका कवि गणेश घर्ती मगरले सुनाएको कविता सुन्न टिकट काटेर आउनेहरुको संख्या उल्लेख्य थियो । टिकट दर प्रतिब्यक्ति सय राखिएकोथियो ।कविद्धयले आठ आठ वटा कविता सुनाएकाथिए जसलाई नेपाली भाषामा समेत उल्था गरि वाचन गरिएकोथियो ।
 यो कार्यक्रमले सकारात्मक सन्देश दिनेछ । जसका लागि नेपाल मगर संघ, जिल्ला समिति कास्की जहिले पनि सहयोग गर्न तत्पर छ— प्रमुख अतिथि पूर्णबहादुर राना मगरले हौसिदै भने ।  कार्यक्रम मगर समाजमा आफै नौलो भएको कारण यो ऐतिहासिक रुपमा रहने छ । मगर भाषा संरक्षणमा यसप्रकारको कार्यक्रम भईरहनु पर्दछ — बिशेष अतिथि लोकबहादुर थापा मगरको कथन थियो ।
मगर ढुटका अध्येता बिष्णु सिंजाली मगरले  मगर समुदायमा तीन प्रकारको भाषा रहेतापनि यी भाषिकाबीच केही फरकपन रहेको बताएकाथिए । अध्यक्ष पुन मगरले यस्ता कार्यक्रमले मगर सृजना, मगर स्रजर्क र मगर भाषाको समृद्धिमा टेवा पुगेको र कार्यक्रमले मगर एकताको सन्देश दिएको हुनाले निरन्तरता दिईनुपर्ने बताएकाथिए ।
 कविद्वयलाई हौसला स्वरुप ६ र ६ हजार प्रदान गरिएको थियो ।  
अध्यक्ष मेजन पुन मगरको अध्यक्षता, नेपाल मगर संघ जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष पूर्णबहादुर राना मगरको प्रमुख आतिथ्य, नेपाल मगर संघ भूपू महासचिव तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव लोकबहादुर थापा मगर,  नेपाल मगर लेखक संघ, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष बिष्णु सिंजाली मगर र नेपाल मगर महिला संघ जिल्ला कार्य समिति फूलकुमारी थापा मगरको आतिथ्यमा कार्यक्रम भएकोथियो ।  
को हुन्  कविद्धय
२०३३ साल भदौं ११ गते तेल्घा ४, पाल्पामा जन्मिएका टोप अस्लामी मगर  मेजर अंग्रेजी विषयमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट स्नातक हुन् । रेडियो मुक्ति, आदिवासी जनजाति पत्रकार, आदिवासी जनजाति महासंघमा कार्यरत रहेर सामाजिक सेवा गरेका टोप अस्लामी बुटवलबाट प्रकाशित हुने नयाँ राज्यसत्ता साप्ताहिक पत्रिकामा कार्यकारि सम्पादक थिए । नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर संघ, जिल्ला समिति पाल्पामा रहेर मगर समाजको उत्थानमा लागेका उनी संग हङकङबाट प्रकाशित  पत्रिका चोमोलोङ्मा पत्रिकाको सम्पादक रहेर पनि कार्य गरेको अनुभव छ ।  उनले कविता संग्रह भावना र The Emancipation of Indigenous People किताब प्रकाशित गरिसकेकाछन् । सृजना नामक पप गीतको संगालो पनि निकालेकाछन् ।

 गणेश घर्ती मगर ( गणेश पहराई जिएम) को वास्तविक नाम गणेश बहादुर घर्ती मगर हो । मानबहादुर घर्ती मगर र अतिकला पुन मगरको कोखबाट जन्मिएका गणेशको बसोबास हाल टिकापुर नगरपालिका ९, बनगाउँ कैलालीमा छ । मास्टर डिग्री अध्ययनरत गणेशले अठार मगरात मगर भाषाको पत्रिका वई (फुल) को सम्पादक, संध्या साहित्यिक पत्रिकाको सम्पादक, सह-सम्पादक Janacamiun National monthly Magazine, मालावरा दैनिक , कार्यकारी सम्पादक, नया नेपाल  राष्ट्रिय मासिकमा संलग्न थिए ।  Orge Miu-Miuyangalo, साम्राज्य आंखी आंखाहरुको कविता संग्रह प्रकाशित गरिसकेकाछन् । उनको संलग्नतामा (Translated book of nepali to magar) पहाडे बोलीचाली र वाचा चाहनाहरु कविता प्रकाशित भएको छ । उनी विभिन्न संघ-संस्थाबाट सम्मानित तथा पुरस्कृत भैसकेकाछन्  ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %