जनजाति पत्रकार उत्पादन गर्ने तालिम शुरु

Read Time:2 Minute, 3 Second

गोविन्द घर्ति रुपन्देही
रुपन्देहीको बुटवल र भैरहवाको अंचलपुरमा एकहप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ । नेपाल सरकार आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीको आयोजनामा बुटवल र भैरहवामा पत्रकारिता तथा उद्घोषण तालिम शुरु भएको हो । आदिवासी जनजाति पत्रकार तथा संचारकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरेको जनाएको छ ।

बुटवल–१०, रामनगर स्थित महाज्ञान बौद्ध बिहार वेसक्याम्पमा भएको तालिम उद्घाटन कार्यक्रममा आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीका उपाध्यक्ष धनबहादुर गुरुङ, तमु ह्युल छोंज धीं केन्द्रीय अनुगमन समितिका सदस्य भीम गुरुङ, आदिवासी जनजाति पत्रकार मंच, रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीराना, नेपाल छन्त्याल संघका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद छन्त्याल, तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिवायल सदस्य प्रेम गुरुङ, मगर राष्ट्रिय मुक्ति मोर्चा, रुपन्देहीका संयोजक मनोज राना, फोनिज, रुपन्देहीका अध्यक्ष मिलन गाहा लगायतले बोलेकाथिए । । कार्यक्रम समितिका सदस्य बिरबहादुर गर्बुजाको अध्यक्षता, सदस्य कमलनारायण चौधरीको संचालन तथा सदस्य गणेश गुरुङको स्वागतमा सम्पन्न भएको थियो । तालिममा पत्रकार भीम गुरुङ र भरत प्रधानले सहजीकरण गरेकाथिए ।।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %