हङकङ पत्रकार महासंघमा महिला वर्चश्व

Read Time:1 Minute, 31 Second

हङकङ पत्रकार संघको २२ जुनका दिन भएको चुनावमा सूई यान युनिभर्सिटी जर्नालिज्म एण्ड कम्युनिकेसन विभागका पार्ट टाईम शिक्षक शाम यी लान विजयी भएकिछन् । उनले १२५ मत लिई विजयी हासिल गरिन । उनकी प्रतिद्धन्द्धिले जम्मा ४ मत पाए ।त्यसैगरि साउथ चाईना मर्निङ पोष्टकि स्तम्भकार श्रेली यामले ११७ मत ल्याई उपाध्यक्ष पद जितिन । प्रतिद्धन्द्धिले ६ मत ल्याए ।

आरटिएचकेका चान पिक लिङ (१०४), टेलिभिजन ब्रोडकास्ट लिमिटेडका रान्सन चान (१०३), स्वतन्त्र पत्रकार जोय हुङ (११४) मेट्रो डेलीका स्टान्ली ल्युङ ( ११८), नेक्सट म्यागेजिनकी म्यासे लो ( १२३), एप्पल दैनिकका लुई लोक (१२१), रेडीयो टेलिभिजन हङकङका डामन पाङ (११४), सिन्ताओ दैनिककी ईभा साङ (१०९) र कार्पाेरेट कम्युनिकेशन म्यानेजर पि डब्लु सीका वाने इम (१०६) ले सदस्यमा निर्वाचित भएकाछन् ।
हङकङमा पुरुष भन्दा महिला पत्रकारहरुको संख्या बढी रहेको गत साल  पत्रकार संघले गरेको एक अनुसन्धानले देखाएकोथियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %