मगर कविता सुन्न दाम तिर्नुपर्ने

Read Time:1 Minute, 23 Second

पोखरा, ४ असार
नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्र पश्चिमाञ्चल समितिले असार ८ गते गर्न थालेको मगर भाषा कविता वाचन कार्यक्रम श्रवण गर्न सय रुपैया तिर्नुपर्नेछ । पोखराको सभागृह चोकस्थित डेनिज सभाहलमा हुने कार्यक्रमको सबै तयारी पूरा भएको छ ।

मध्यान्ह १२ बजे मगर भाषा (ढुट) मा पाल्पाका टोप अस्लामी मगर र अठार मगरात मगर भाषा (खाम) मा कैलालीका गणेश घर्ती मगरले संयुक्त कविता वाचन गर्ने समितिका अध्यक्ष मेजन पुन मगरले जानकारी दिए । मगर भाषाका पछिल्लो समय आएको जागरणलाई मध्यनजर गर्दै मातृभाषा साहित्यको प्रवद्र्धन र व्यावसायिकरणको शुरुवात स्वरुप कार्यक्रम आयोजना गरिएको  अध्यक्ष मेजनले बताए ।
गण्डक क्षेत्र र पूर्वतिरका मगरहरु ढुट बोल्दछन् भने पश्चिमा मगरहरुले खाम भाषा बोल्ने गर्दछन् । त्यसैगरि हिमाली भेगका मगरहरुले भने काइके भाषा बोल्ने गर्छन् ।
मनोज घर्ती मगर, पोखरा
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %