खपाङ्गी हाम्रा राजनीतिक महागुरु हुन् :सुकु राई अध्यक्ष (हेभेन्लिपाथ, युएसए)

Read Time:12 Minute, 50 Second

 

नेपालमा छंदा महिला महासंघमा पनि संलग्न थिए । “गोरे बहादुर खपाङ्गी हाम्रा राजनीतिक महागुरु ” हुनुहुन्छ । उहाँ दुर्घटनामा पर्नु भएको रहेछ,  मेरो स्वास्थ्य लाभको कामना छ । उहाँ नभएको भए हामीले यो आवाज उठाउन सकिने अवस्था थिएन ।
म सोलुखुम्वु जिल्लामा जन्मिएको हो । धेरै समय काठमान्डौमा बसियो, त्यस पछि पल्टन तिर लागियो । श्रीमानको पल्टन सेभेन जिआरमा हो । श्रीमान् हङकङ, युके , ब्रुनाई जानु भयो । उहाको नम्वर २११५८३४२ र नाम बसन्तकुमार राई हो । पछि उहाँ लेफ्टिनेन्ट हुनु भयो  उहाँको कुइन्स गोर्खा अफिसर नम्वर ३१९७ हो । हामी पछि काठमाडौंमा गयौ ।

सन् १९८८ मा उहाँको देहवसान भयो । तीन वटा छोरी सानै थिए । उनीहरुको स्याहार गर्दैमा निकै समय वित्यो । म यता न्युयोर्कमा आएको अहिले १० बर्ष पुगिसक्यो । एक छोरीको विवाह भयो दुई वटी छोरीहरु पढ्दैछन् । श्रीमानको देहान्त पछि म अध्यात्ममा लागे । बोल्ने देवता खोज्दै विभिन्न ठाउँ पुगियो । तर कतैबाट पनि सन्तोष मिलेन । धेरै ठाउँ भौतारिदा पनि कहिबाट सन्तोष मिलेन प्रश्न मात्रै आउने गर्दथ्यो । पछि बाल तपस्वी ओमनन्द गुरुलाई भेटे ।

उहाँलाई अहिले सुर्पिम मास्टर गड एल्जल पनि भनिन्छ । उहाँ आत्मानन्द लिंदेनका शिष्य चाहि होइन । महागुरुको जुन उदेश्य थियो त्यसलाई उहाँले पनि अपनाउदै आउनु भएको छ । त्यसकारण पनि उहाँको पछि लाग्ने धेरै छन् । उहाँ सानै देखि हराउने आउने चलिरहेको थियो । उहाँका आमा बाबुलाई छिमेकीहरुले तेरो छोरा अब आउदैन काजक्रिया गर्नु पर्दछ भने अनि उहाँको अन्तिम संस्कार गर्न लागेको बेला जंगलबाट फर्किएर आउनु भएको थियो । उहाँ उदयपुर मैनामनीको हुनुहुन्थ्यो । गरिब परिवारमा उहाँको जन्म भएको थियो ।
 

 

(१०२ बिश्व नारी दिवशमा प्रमुख अतिथि राईसम्बोधन गर्दै )

किराँतीहरुले केही धर्म मान्दथे त्यस भित्र उहाँ जन्मजात नै लाग्नु भयो । तर किराँत धर्म नै मान्नु पर्दछ भनेर उहाँले भन्नु हुन्न । उहाँले सबै धर्मलाई उतिकै सम्मान गर्नुहुन्छ ।
म यँहा नेपाल युएसए च्यापटरको अध्यक्ष छु । म विभिन्न आध्यामिक कार्यक्रममा लागिरहे । सिक्मिक लगायतका ठाउँसम्म पनि आध्यामिक कार्यक्रममा पुगे । सिलौटेमा पद्मसुन्दर लावती आउनु भएको थियो, अर्को कार्यक्रममा लोकेन्द्र बहादुर चन्द पनि आउनु भएको थियो । यसरी हिड्दै गर्दा मैले यता भिसा पनि लगाएको थिए अनि यता आए ।  यहाँ आए पछि सबै कुरा राम्रो भए पनि म एक्लै बसेर रुने गर्दथे ।

२००८ को डिसेम्वरमा गड एन्जल आउनु भएको थियो । आउने राती उहाँले जापानको (मेट्रो) रेल्वे स्टेशनबाट मलाई फोन गर्नु भएको थियो । म आश्चर्यमा परे । डिसेम्वर २६ तारिखमा राईहरुको एउटा कार्यक्रम थियो । उहाँ आएपछि २००८ को २९ डिसेम्वरमा सानो कमिटि पनि गठन गरियो । अहिले २१ जनाको कमिटि छ यसका सदस्य धैरै नै यहा छन् । त्यस पछि तीन पटकसम्म गुरु आइसक्नु भएको छ ।

गुरुलाई दिइनु पर्ने सम्मान र सत्कार हामीले दिन सकेका छैनौ यहाँ  । संस्था दर्ता पनि गरिसकेका छौ । संस्था राम्रोसंग अगाडि नबढे पनि हामी खुसी नै छौ । शनिवार र आइतवार हिलिङ्गको कार्यक्रम हुन्छ । हिलिङ्ग भनेको म्याडिटेशन नै हो । यसलाई आमस पनि भन्दछन् । आत्मा,मन र शरीर तीन वटैका लागि हिल हुन्छ । मानिसलाई केही पीडा हुन्छ त्यो मानसिक तनावकै कारणले भएको हो । दुखाईको उपचार गर्न हामी डाक्टरकोमा जान्छौ औषधी खान्छौ दुखाई केही समयका लागि निको हुन्छ । तर मानसिक तनाव निको हुदैन । यो तनावले मानसिक तनाव निको हुन्छ । मन देखि नै हामीले त्यस्ता समस्या भएकाहरुलाई स्पष्ट गराउँछौ । 
मानिसको पहिलो विरामी मन हो । मन विरामी भएपछि मात्रै शरीर विरामी हुन्छ । न्युयोर्कमा हाम्रो अफिस छ तर यसका शाखा अरु शहरमा पनि विस्तार भएका छन् । न्युह्याम्प्सर आइवोवा क्यानडिकेट, बाल्टिमोर, लसएन्जल्समा पनि धैरै शाखा छन् ।  अहिले विभिन्न शाखामा राम्रा मान्छे आइरहेका छन् । अर्को पटक हामीले सक्षम अध्यक्ष पाउने आशावादी छौ ।

 संस्थाले युएसएमा चार पाँच वटा मानबिय कार्यक्रम गरेकोछ । टुहुरा बालबच्चाका लागि सहयोग गर्न हामीले रिसाइकल प्रयोग गर्दैछौ । खालीबोटलहरु  संकलन गरिरहेका छौ । यो कामका लागि धेरै साथीहरुले सहयोग पनि गरिरहेकाछन् । कति साथीहरु यो काम गर्न लजाउँछन् र अप्ठ्यारो मान्दछन् । पहिले मलाई पनि त्यस्तै हुन्थ्यो ।  हप्तामा दुई दिन हिलिङ्ग र रिसाइकलको काम पनि गर्दछु । युएस डलर दुई हजार जति  संकलन गरिसकेका छौ । यो पैसा पठाउने जमर्को गदैछौ ।

अलिकति पैसा यस अगाडि पनि पठाइसकेका छौ । हाम्रो लभिङ होमका गुरुहरु हुनुहुन्छ । ललितपुरको थसिखेलमा यो संस्था छ ।  त्यस्ता अनाथ बालवालिकाहरु सुरुमा ३३ जना थिए अहिले अनाथहरुको संख्या बढ्दो छ ।  हामीले धेरै बालवालिका राख्न सकेका छैनौ ।  दमौलीमा घर पनि बनाउदै छौ । त्यस घरमा वृद्धा आमा बुवाहरु र अनाथ बच्चाहरु राखिने छ । बच्चाहरुलाई पढाउनका साथै खानपान र बसोवासको व्यवस्था अहिले यो संस्थाले गरिरहेको छ ।  यो संस्थाको लागि हङकङ, बुनाई, युके लगायतका देशबाट पनि सहयोग भैरहेको छ । यसका लागि हङकङबाट नमोबुद्धको आमाहरुले धेरै सहयोग गर्नु भएको छ । उहाँहरुले अविस्मरणीय योगदान गर्नु भएको छ ।
लभिङ्ग होममा अहिले ८ कक्षासम्म पढ्ने बालवालिकाहरु छन् । रेखदेख र हेरचाह गर्ने पायक पर्ने हिसावले काठमाडौंमा बालवाच्चाहरुलाई राखिएको हो । लभिङ्ग होमका लागि पूर्व सभासद् उर्मिला थापामगर (तनहुँ)ले पनि निकै काम गर्नुभएको छ । मैले यता रिसाइकलको प्रोजेक्ट गरिरहेको छु ।
म यो संस्था लगायत अन्य संस्थाहरुमा पनि संलग्न छु । नेपालमा हुदा महिला महासंघमा पनि संलग्न थिए । गोरे बहादुर खपाङ्गी हाम्रा राजनीतिक महागुरु  हुनुहुन्छ । उहाँ दुर्घटनामा पर्नु भएको रहेछ,  मेरो स्वास्थ्य लाभको कामना छ । उहाँ नभएको भए हामीले यो आवाज उठाउन सकिने अवस्था थिएन ।  महिला अधिकार र राजनीतिकर्मीको हिसावले नेपालमा  संविधान बन्न सकेको छैन नेपालीहरु बीच नै एकता छैन भने संविधान कसरी बन्छ ? जनजातिहरु बीचमा पनि धेरै आवाज उठिरहेको छ । जनजातिहरुको कदर हामीले गरेकै छैनौ । हामी कुर्सीको लागि  लडिरहेका छौ । जनजातिहरुले एउटा मात्रै आवाज उठाएको भए त्यो पूरा हुन्थ्यो कि ।व्यक्तिगत स्वार्थमा लागेकाले जनजातिहरुको साझा मुद्धा अगाडि बढ्न सकेन ।

हाम्रा गुरुहरुले धर्म माथि घमण्ड नगरौ । धार्मिकता माथि घमण्ड गरौँ भन्ने गर्नु हुँन्छ । नेपालमा धेरै धर्म भए पनि धार्मिकता छैन । अहिले मुश्लिम धर्मका कारण संसारमा धेरै नराम्रो भैरहेको छ भनिन्छ तर सबै मुश्लिम उस्तै छैनन् नि । नेपाल किन विग्रियो भने नेताहरुमा धार्मिकता भएन । धार्मिक विचार हुदो हो भने त राम्रो हुने थियो होला । आफ्ना नातागोता राख्दैमा देश सुध्रिन्छ र ? देशमा धार्मिकता भएको खण्डमा सुध्रिन्छ ।  अहिलेको जनणनामा महिलाको जनसंख्या ५१ प्रतिशत माथि छ । तर राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता निकै कम छ । किन भने महिला माथि दमन पहिले देखि नै थियो । महिला माथि विभेद भएका कारण यस्तो भएको हो । विभिन्न कारणले महिलाहरु पछि पारिएका छन् ।

नेपाल मात्र होइन अरु देशमा पनि महिलाहरु पछाडि नै परेको देख्न पाइन्छ । मन वा इच्छाशक्ति पनि महिलाहरुको अलि कमजोर भएर पनि होला । जनजाति महिलाहरुमा  अशिक्षाको कारण पनि  पछाडि परेका हुन् । म धार्मिक संस्थामा आउनु  यो पनि एक कारण हो । महिलाहरुको क्रान्तिका लागि म आएको हो । तर क्रान्तिका लागि काम गरेको छैन । हामी जनजातिका महिलाहरु जाँड रक्सी बनाउदैमा सारा दिन त्यसै व्यर्थमा वितेका छन् । हाम्रो खानपान परिवेशले गर्दा पनि हामी पछाडि परेका हौ । हामी महिलाहरु बुद्धि नै नभएका चाहि होइन । मैले धेरै पढ्न त पाएको होइन ।  म जम्मा ११ बर्षको थिए । स्कूल जान दुई घण्टाको बाटो हिड्नु पर्दथ्यो । तर मैले ०२१ सालमा स्कूल खोलेकोथिए ।।

मैले घरको काम गर्नु पर्ने थियो त्यस कारण खासै धेरै पढ्न पाइन । आफूले धेरै पढ्न नपाए पनि मैले जनजातिका दिदीबहिनीहरुलाई  पढाइ महत्वपूर्ण कुरा हो । हामीले पढ्ने मौका पाएका छैनौ ।  पढ्ने अवसर नपाए पनि राम्रा खालका साथीहरु मैले पाए । तर उहाँहरुबाट लिनु पर्ने कुरा लिएको रहेनछु भन्ने मलाई अहिले पछुतो लाग्छ । हामी पछाडि पर्नुमा  जाडरक्सीमा भुलेरै हो । महागुरुले भन्नु भएको थियो । चुस्ने र लुस्ने कुरा तिमीहरुले जब सम्म छोड्दैनौ तब सम्म तिमीहरु उभो लाग्दैनौ । त्यसकारण हामीले यी कुरा छोड्नु पर्दछ ।  हामी आफैले आफैलाई सम्मान गर्न सक्दैनौ भने हामीले आवाज उठाएर मात्रै केही हुने वाला छैन । महागुरुलाई ६७ बर्ष पछि राष्ट्रिय विभूति घोषित गरियो  । उहाँले उठाएका कुरा राम्रा थिए र छन्, उहाँको कुरालाई राम्रोसंग लिएमा हामी अगाडि बढ्न सक्छौ ।

(राज्यसत्ताका हुम थापा मगरले सुकु राइ संग  न्युयोर्कमा गरेको कुराकानीको आधारमा तयार आलेख)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %