राष्ट्रिय भूतपुर्व सैनिक संगठनको दोश्रो राष्ट्रिय महाधिवेशन भोली बुटवलमा

Read Time:1 Minute, 19 Second

गोविन्द घर्ति देवदह जेठ २९ ,

राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन राष्ट्रिय भूतपुर्व सैनिक संगठनको दोश्रो राष्ट्रिय महाधिवेशन भोली देखि रुपन्देहीको बुटवलमा शुरु हुने भएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । भ्रष्टचारको अन्त्य, जातीय समानुपातिक प्रतिनिधित्व र संघीयताको सुनिश्चितताका लागि राष्ट्रिय भूतपुर्व सैनिकको ऐक्यवद्धता भन्ने नाराका साथ राष्ट्रिय महाधिवेशन गर्न  लागिएको हो । थकाली सेवा समिति बुटवलको हलमा शुरु हुने महाधिवेशनको राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्ष श्रवण कुमार लिम्वुले उद्घाटन गर्नु हुने महाधिवेशन मुल तयारी समितिका संयोजक दल बहादुर विरकट्टाले बताउनु भयो । महाधिवेशनमा देशभरीबाट करिव ५ सय जना प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहने विरकट्टाले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %