सदा झै यस बर्सपनी घुम्दै फिर्दै दशैं तिहार र नयाँ बर्ष आए झै बातावरण दिवस पनि आयो ५ जुन २०१३ को दिन । सोंचेर, खाउ र बचाउ भन्ने यस सालको नाराको साथ, सयुँक्त रास्ट्र सँघ अन्तरगतको बातावरण बिभागले आयोजना गर्ने यो दिवस, सँसारै भरी बिभिन्न पर्याबरणिय कार्यक्रमहरु गरेर मानाइन्छ । कस्तो खानाले शरीरलाई नकारात्मक असर पर्छ ख्याल गरेर खानु होला भन्ने त सुनेका छौं, तर बातावरणलाई नकारात्मक असर पार्ने खानाको उपभोग गर्दा एकचोटी सोँच्नु होला भनि कसैले भनेमा, हामीलाई आस्चार्य लाग्न सक्छ ।
यस बर्ष बातावरण दिवसले दिन खोजेको जानकारि- खाद्यन्न उत्पादनले पार्ने बातावरणिय नकारात्मक असरलाई कम गर्न अन्न खेर फाल्न हुँदैन यसलाई बीचार पुर्याएर मात्रै उपभोग गर्नु पर्छ- भन्ने हो । सँयुक्त रास्ट्र सँघ खाद्य संगठनको अनुसार प्रतेक साल १.३ अरब टन बराबरको अन्न खेर फालिन्छ जो सब्-सहारन अफ्रिकी देसमा उत्पादन गरिने अन्न बराबर हुन आउँछ । तर अर्कोतिर हरेक ७ मा १ जना प्रतेक रात् खाली पेट बिस्तरामा जानुपर्छ भने ५ बर्ष भन्दा मुनिका २० हजार बच्चाहरू दिनदिनै भोक भोकै मर्नुपरिरहेको अवस्था छ ।
मानिसको जिवन यापनमा यति ठुलो असन्तुलनलाई मध्य नजर राख्दै, यस बर्षको नाराले तपाईं हामिले कस्तो खाद्य पदार्थलाई छानिन्छ र त्यसले बातावरणमा नकारात्मक असर नपारोस भन्नेतिर सजग बनाउने छ ।
यस एउटा पृथ्वीले ७ अरब जनसंख्यालाई (सन २०५० मा ९ अरब) प्राक्रितिक स्रोत पुर्याउन धौ धौ परिरहेको अवस्थामा रास्ट्र संघ खाध्य सङठनले के अनुमान गरेको छ भने, बिस्व खाद्य उत्पादनको धन्दै एक तिहाइ अन्न कि त हाम्रो लाप्रबाहीले खेर गएको छ की ढुवानी र सन्चय गरिने क्रममा कतै हराएको छ । यसरी खाद्द्यन्न खेर जानु भनेको स्रोत र साधनको ठुलो नोक्सानी र बातावरणिय नकारात्मक असर दुबै हो ।
यस बर्षको नाराले तपाईं हामीलाई घरैमा बसेर यसको बिरुद्दमा लडन एकजुट बनाउने छ । परिणामस्वरुप अन्न खेर फालिनुमा ह्रास, पैसाको बचत, खाद्द्यन्न उत्पादनले बातावरणमा पार्ने नकारात्मक असरमा न्युनता, र खाद्द्यन्न उत्पादनलाई ससक्त पार्ने छ ।
यदि अन्न खेर फालिन्छ भने यसको उत्पादनमा खर्च हुने साधन पनि खेर गए जस्तै हो । उदाहरणको लागि १ लिटर दुध उत्पादन गर्न १००० लिटर पानी चाहिन्छ । अनि गाईको दानामा १६ हजार लिटर पानी खर्च हुन्छ एक ह्याम्बर्गर तयार पार्नमा । यदि उक्त ह्याम्बर्गर ती भोका पेटहरू नभरी खेर फालिन्छ भने त्यसको नोक्सान त बेहोर्नुनै पर्यो, उता त्यस ह्याम्बर्गर उत्पादन र ढुवानी प्रक्रियामा क्रमस गाइगोरु र यातायतका साधनले उत्सर्जन हुने हरितग्रिह्य ग्यासको नकारात्मक असर त हामिले भोग्नु छँदैछ ।
बास्तवमा बिस्वभरीको खाद्द्यान्य उत्पादन २५ % बासबस्न योग्य जमिन ओगट्न र ७० % सफा पानी प्रयोग हुनमा जिम्मेवार छ । त्यसरिनै यो ८० % जंगल फडानी र ३० % हरितग्रिह्य ग्यास उत्सर्जनको कारण पनि मानिन्छ । यी समस्याहरू नै जैबिक बिबिधतामा ह्रास आउनुका मुख्य कारणहरू हुन ।
त्यसकारण कस्तो किसीमको खाना उपभोग गर्नाले बातावरणलाई कम असर पार्ने थियो भन्ने कुराको ज्ञान हुन सके यस आफ्नो छमता भन्दा बढी सहन बाध्य बनिरहेको एउटा पृथ्वीलाई राहत मिल्ने थियो । जस्तै: जैबिक तरिकाले (रासायनिक मल प्रयोग गरिएको होईन ) उत्पादित खाना किनेर सबैले खाए प्रिथ्वीको प्राक्रितिक स्रोत दुसित बन्ने थिएन् । अनी स्थानिय इलाकामा उत्पादित खाना (संसारको पल्लो कुनामा उब्जेको होईन) किनेर खाइयो भने हरितग्रिहय ग्यासको उत्सर्जन कम भएर जलबायु परिवर्तन् रोकिने थियो । त्यसकारण अबदेखी तपाईं पनि बातावरणलाई बचाउन केही मद्घत गर्न चाहनु हुन्छ भने खाद्यन्न उपभोग गर्नु अघि एकैछिन सोँच्नु ।
बेलायत बाट बिजय हितान मगर
