राज्यसत्ता बेलायत
राष्ट्रिय जनमुक्ति पार्टी बेलायतको भातृ संगठन दि हिमालयन अर्गनैजेशनले सम्माननिय पुर्व मन्त्री एबम् पार्टीका अध्यक्ष एम एस थापा मगरको प्रमुख आतिथ्यमा बेलायतको रिडिङगमा अवस्थित दि फोर्गटन बृटिश गोर्खाको अफिश हलमा “देशको समसामयिक राजनैतिक परिस्थिती र जनमुक्ति पार्टीको भाबी रणनिती” बिषयक एक दिबशिय अन्तरकृया कार्यक्रम भब्यतताको साथ सम्पन्न गरेको छ । साथै अरु बिभिन्न पार्टी परित्याग गरी राष्ट्यि जनमुक्ति पार्टीमा प्रबेश गर्ने नयाँ सदस्यहरुलाई पार्टी सदस्यता प्रमुख आतिथी सम्माननिय पुर्व मन्त्री एबम् पार्टीका अध्यक्ष एम एस थापा मगरको बाहुल्यताबाट बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा मुख्य अतिथीको आसनबाट बोल्दै मन्त्री थापाले जातिय मुक्तिको लागि संघियताले मात्र पुग्दैन् । संघियता भित्र जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्त्व हुनै पर्छ अन्यथा संघियताले मात्र जातिय मुक्ति हुन सक्दैन् साथै गोर्खा र गोर्खाका परिवारहरु एन आर एनको डेफिनेशन भित्र नपर्ने पनि वहाले बताउनु भयो । साथै बिदेशमा बस्ने नेपलीहरुले बंशजको आधारमा नागरिकता पाउछन् । लिखित रुपमा जबसम्म संबन्धित निकायमा म यो देशको नागरिकता त्याग्न चाहान्छु भनि निबेदन दिदैन तब सम्म नेपाली नागरिक नै हुने कानुनमा लिखित छ भन्नु भयो । साथै ब्यङगात्मक तरिकाले भन्नुभयो प्रतिस्पर्धाको आधारमा जसले जित्छ उसले खाने र अरुले हेरेर बस्न चाहनेहरु कांग्रेसको झोला बोक्नोस् । डण्डिको भरमा शासन गराइमाग्ने जति कम्युनिष्टको झोला बोक्नोस् र जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र सबै जाति, धर्म, लिङ्ग र क्षेत्रलाइ समानताको आधारमा ब्यबहार गरिनु पर्छ भन्ने जति राष्ट्रिय जनमुक्ति पार्टीमा गोलबन्द हुनुहोस् भन्नुभयो । साथै संघियता, धर्म निरपेक्षता, र समानुपातिक प्रतिनिधित्व जस्ता मुलभूत मुद्धाहरू लगायत दोहोरो नागरिकता र पोष्टल भोटिङ्ग् जस्ता कुराहरू समेत जनमुक्ति पार्टीले २३ बर्ष देखिनै निरन्तर उठांउदै आएको कुरापनि वहाले स्मरण गराउनु भयो ।
मन्त्री थापाले संबिधान सभा चुनाब मंसिरमा हुनेमा पनि आशंका ब्यक्त गर्नु भयो । चुनाबमा आफ्नो प्रतिकुल नहुने बाताबरण सिर्जना भएकोले ठुला दलहरु चुनाबमा जान चाहदैनन् । उत्पिडित जाति बर्ग महिला र पिछिडिएको क्षेत्रका जनताहरुको उनीहरु प्रतिको बितृष्णा नै यिनीहरुको चुनाब प्रतिको आल्यसता हो । यिनीहरु जातिय पहिचान सहितको संघियता देखि डराईरहेको अबस्था छ । यिनीहरुको “देखाउने दाँत र खाने दाँत फरक छ” उत्पिडित आदिबासी जनजाति, दलित, महिला, मधेशी, मुश्लिम र पिछिडिएको क्षेत्रहरु आफ्नो अधिकार र पहिचानको लागि एकजुट हुदै गएको देख्दा उनीहरु बाहिरी रुपमा चुनाब चुनाब भने पनि भित्री रुपमा चुनाबबाट यसको परिणाम नराम्रो आउने भएकोले चुनाबबाट डराएर भागिरहेको अबस्था छ भन्नु भयो ।
ठुला दलहरु सकेसम्म देशमा निरङकुशता भित्राउन चाहान्छन् । यिनीहरु बर्षौदेखि पहिचान र अधिकारको लागि आन्दोलित नेपाली जनताहरु र हजारौ सहिदहरुको सपना संघियता, घर्मनिरिपेक्षता, समानुपातिक प्रतिनिधित्व र संघिय लोकतान्त्रिक गणतन्त्र जस्ता अन्तरिम संबिधानमा लिखित मुद्धाहरु धरापमा पार्न चाहान्छन्। । जसको भित्री आसय २०४७ सालको एकात्मक र विभेदकारी संविधान जारी गराई पुन युद्दको भुमरीमा फसाउने र एकात्मक शासन लाद्ने खेलको अभ्यास गरिरहेका छन् । त्यसैले अहिलेको संबिधान तिथीमिती तोक्न नसक्नुको मुख्य ऐजेण्डा भनेको पहिचान सहितको संघीयता नै हो । यदी अहिलेको राजनैतिक दलहरु पहिचान सहितको संघीयता सुनिश्चित गराउन अग्रसर नभए जति सरकार परिवर्तन भए पनि देशको संक्रमणकाल समाप्त हुँदैन् भन्नुभयो ।
देशमा संक्रमणकाल बढनु भनेको देश असफल राष्ट्रमा परिणत हुँदैछ भनेर बुझ्नु पनि हो । जसको संकेत राजनैतिक अन्तरविरोध, व्यापक वेरोजगारी, भ्रष्टाचार, गरिवी, महंगी बढ्नु हो । यस प्रति दल, नेता र नेपाली नागरिक सचेत भएर देशको राजनैतिक निकास तर्फ लाग्न जनदवाव श्रृजना गर्नु पनि आवश्यक छ । अन्यथा बढेको संक्रमणकालको भुक्षयले सबैलाई नडुबाउला भन्न सकिदैन् । सचेत दलहरु र नागरिकहरुको पहिलो कदम नै वर्तमान राजनैतिक निकासको बाटो बन्न पनि सक्छ भन्नु भयो ।
उक्त कार्यक्रममा बोल्ने बक्ता संघिय परिषद सदस्य तथा हिमालयन अर्गनाईजेसनका सल्लाहकार श्री थर्क रानाले हिमालयन अर्गनाईजेसनको बारेमा प्रकाश पार्नु भयो साथै दोहोरो नागरिकताको बारेमा पनि प्रष्ट पारिदिन मन्त्री थापा ज्युलाई आग्रह पनि गर्नु भयो । साथै राष्ट्यि स्वतन्त्र महिला मोर्चाकी पुर्ब केन्द्रिय उपाध्यक्ष श्री कमला थापा मगर ज्युले बर्तमान नेपालको सन्दर्भमा आदिबासी जनजाति महिलाहरुले महिला भएकै कारण तेस्रो बिभेदमा परेको प्रष्ट पार्नु भयो । पहिलो बिभेद समर्ग महिला भएर , द्रोसो बिभेद आदिबासी जनजाति भएर र तेर्सो बिभेद आदिबासी जनजातिको पनि महिला भएर भाषिक, धार्मिक र सास्कृतिक रुपमा बिभेद सहनु परेको औलाउनु भयो । अब महिलाहरु चारदिबार भित्र मात्र सिमित नरही राजनितीमा पनि अग्रसर र एकजुट भई यस्ता बिभेदहरुलाई कानुनी रुपबाटै हटाउन सक्नु पर्दछ किन कि राजनिती नै समग्र बिकासको मुलधार भएकोले महिलाहरुले आफ्नो हक अधिकार सुनिश्चित गराउनको लागि राजनितीमा चासो लिनु पर्ने औल्याउनु भयो । अन्यथा जातजाति, धर्म र लिंङको आधारमा सधैं शोषण दमनको शिकार हुनु पर्नेछ भन्दै महिलाहरु राजनैतिक क्षेत्रमा पनि कम्मर कसेरै लाग्नु पर्ने विचार ब्यक्त गर्दै सम्पुर्ण महिलाहरुलाई एकबद्ध हुन आग्रह गर्नु भयो ।
सो कार्यक्रम रिडिङ शाखाका अध्यक्ष श्री यम बहादुर लिम्बुको अध्यक्षतामा, सम्मानणिय पुर्व मन्त्री एबम् पार्टीका अध्यक्ष एम एस थापा मगर ज्यूको प्रमुख आतिथ्यतामा, संस्थाका सल्लाहकार श्री राम गलामीको स्वागत र सचिब श्री पदम गाह मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
