आदिवासी जनजातिको जनगणना गर्ने सम्वन्धि जनगणक तालिम

Read Time:2 Minute, 16 Second

गोविन्द घर्ति, रुपन्देही जिल्लामा बसोवास गर्ने आदिवासी जनजातिको जनगणना गर्ने सम्वन्धि एक दिने जनगणक तालिम बुटवलमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीको आयोजना र आदिवासी जनजाति जिल्ला समन्वय समिति,रुपन्देहीको सहयोगमा तालिम सम्पन्न भएको हो । बुटवल १० रामनगर स्थित महाज्ञान बौद्ध बिहारमा सम्पन्न भएको जनगणना सम्बिधी तालिममा आदिवासी जनजाति पत्रकार मंच, रुपन्देहीका संयोजक टेकबहादुर मास्कीराना र मगर भाषा तथा लिपी संरक्षण समितिका अध्यक्ष तामबहादुर सराङकोटी रानाले सहजीकरण गर्नुभएको थियो । यसअघि तालिमको उद्घाटन गदैं आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीका उपाध्यक्ष धनबहादुर गुरुङले आदिवासी जनजातिको सही तथ्याङक निकाल्नका लागि महासंघले जिल्लामा जनगणना गर्न लागेको बताउंदैं सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो । आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, रुपन्देहीका अध्यक्ष शन्तराम चौधरीको अध्यक्षता, सचिव गंगा पुनको संचालनमा भएको कार्यक्रममा प्रशिक्षक तामबहादुर सराङकोटी लगायतले बोल्नु भएको थियो । यसैबीच आदिवासी जनजाति महासंघले भोलीदेखि रुपन्देहीमा आदिवासी जनजातिको तथ्याङक (जनगणना) संकलन गर्ने भएको छ । महासंघले रुपन्देहीका २ नगरपालिका सहित ६९ गाविसमा तथ्याङक संकलन गर्न लागेको हो । तथ्याङ संकलनमा जनजाति महासंघ, जिल्ला समन्वय समिति, एकल जातीय संघसंस्था तथा आदिवासी जनजाति पत्रकार मंच, रुपन्देहीका प्रतिनिधिहरुको सहभागीता रहने समितिले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %