देब पचभैया, पाल्पा, जेठ १८, पाल्पाको तानसेनमा नेपाल मगर युवा संघको एैतिहासिक दोश्रो महाधिबेशन शुरु भएको छ । नेपाल मगर संघको बलियो भातृसस्थाको रुपमा रहेको राष्ट्रिय महाधिबेशनको लागी ५० जिल्लाका १ सय ५० प्रतिनिधि र सय बढी पर्यबक्षक तानसेनमा भेला भएको मगर युवा संघका केन्द्रिय सदस्य एबं सचिबालक संयोजक तिलक खाम्चाले जानकारी दिनुभएको छ । आज तानसेन नगरपालिका हलमा महेन्द्र थापाले महाधिबेशनको उद्घाटन गर्नुभएको छ । उद्घाटन शत्र पछि आजै बाट बन्द सत्र सुरु हुने र भोली सम्म नया नेतृत्व चयन गर्नेकार्यक्रम रहेको बर्तमान अध्यक्ष मोहन थापाले बताउनुभएको छ । ६ बर्ष अघि भएको पहिलो तर्दथ समितिको बैठकले पाल्पाका मोहन थापाको अध्यक्षतामा मगर युवा संघको गठन गरेको थियो । संघियता, समानता,पहिचान, स्वायत्त मगरात, मगर युवाहरुको अभियान भन्ने नाराका साथ आज बाट सुरु भएको नेपाल मगर युवा संघको दोश्रो महाधिबेशनको लागी अनुमानित ६ लाख ५० हजार खर्च हुने आयोजकहरुले बताएका छन् ।
उद्घाटन शत्रमा बिभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रर्दशन गरिएको थियो ।
नया नेतृत्व सहमतिको आधारमा हुने बताईएको छ ।
मगर युवा संघको महाधिबेशन पाल्पामा सुरु
Read Time:1 Minute, 45 Second
