रोल्पामा मगरहरुको पर्व ‘भूम्या’ को रौनक

Read Time:3 Minute, 8 Second

देब पचभैया रोल्पा १७  जेठ

माघे संक्रान्ति पछिको ठुलो पर्व मानिने मगर जातीहरुको ‘भुम्या’ (भूमे) पर्वको रौनक बढेको छ । विशेषगरी पश्चिमेली मगरहरुले मनाउने यो पर्वमा रोल्पाका मगरहरुले तयारीलाई तिब्रता दिएका छन् । रोल्पाको उत्तरी क्षेत्रमा मनाईने भूम्या पर्व यस वर्ष भने १० वर्षको शसस्त्र जनयुद्धको उद्गम स्थलन भनेर चिनिने थाबङमा महोत्सवकै रुपमा आयोजना गरी मनाउने तयारी भएको छ ।

   वर्षायाम संगै आउने प्राकृतिक प्रकोप नहोस भनि भुमिको पुजा गरी मनाउने ‘भूम्या’ पर्व रोल्पाको जेल्बाङ, फगाम, कुरेली, मिरुल लगातयका गाविसहरुमा धुमधामका साथ मनाउने गर्दछन् । यस वर्ष ‘भुम्या’ (भूमे) महोत्सव २०७० को आयोजना गरी यो पर्व मनाउने तयारी भईरहेको महोत्सवका सह–संयोजक विनप्रसाद पुनले बताउनुभयो ।

   रोल्पाको ऐतिहासिक गाउँ भनेर चिनिने थवाङ गाविसमा मनाईने यो पर्व परापूर्व कालदेखि गरिदै आएको संस्कृतिको संरक्षण र पर्यटन प्रवर्धन गर्ने उदेश्यले समेत आयजना गरिएको आयोजक समितिले बताएको छ । नोको बाङगे नाचले समेत चिनिने ‘भूम्या’ पर्वमा मगर समुदायका युवा युवती, बुढाबुढी, केटा केटी एक साथ नाच्ने गर्दछन् । ‘भूम्या’ पुजा गरे अनाबृष्टि र अतिबृष्टि नहुने मगर समुदायको बिश्वास छ । महोत्सवमा थवाङ पुग्ने आगन्तुकले सिङ्गो मगर वस्ती, जीवनशैली, संस्कार–संस्कृतीको प्रत्यक्ष अध्ययन तथा अबलोकन गर्न पाउनेछन् ।

  महोत्सवमा युवा–युवती जोडीहरु एकआपसमा हात समाई दौडने, एउटै आँगनमा एकसाथ हजारौं नाच्न मिल्ने नोकाङ्गे नाच लगायतको प्रस्तुतीहरु रहने  आयोजक समितिले जनाएको छ । मूल आयोजक समितिका अनुसार आगन्तकलाई ‘होम–स्टे’ अर्थात घरबासमा राखिने छ र महोत्सव अवधिभर प्रत्येक साँझ रमाईलो दाहोरी साँझको आयोजना गरिने बताईएको छ । महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न हाल ४० सदसीय मूल अयोजक समिति गठन गरिएको छ भने ब्यवस्थापनको सहजतालागी विभिन्न ७ उपसमिति पनि गठन गरिएको छ । असार १ गतेबाट शुरु हुने ‘भुम्या’ महोत्सवमा बृत्तचित्रमा मगर जनजातिको सामाजिक, सांस्कृतिक र आर्थिक जीवन शैली जीवन्त रुपमा उतारीने मूल आयोजक समितिका सहसंयोजक विनप्रसाद पुनमगरले बताउनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %