पैसा खाने बनका कर्मचारी फरार

Read Time:1 Minute, 34 Second

नवलपरासी , जेठ १७

जिल्ला वन कार्यालय नवलपरासीले रतनपुर खयरकाण्डमा संलग्न ३७ जनामध्ये १ जना बाहेक सबै कर्मचारीहरु फरार रहेका छन् । उनीहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरी पुर्पक्षका लागि थुनामा राख्ने आदेश अदालतले दिए पछि खयरकाण्डमा संलग्न सबै अहिले पनि फरार रहेका छन् ।

नवलपरासी जिल्ला अदालतले मुद्दा फैसला गरेको केही दिनमा अदालतमा उपस्थित नभएका व्यक्तिहरुको नाममा ३० दिने म्याद जारी गरेको भए पनि अहिलेसम्म अदालतमा कोही पनि हाजिर हुन नआएको नवलपरासी जिल्ला अदालतले जनाएको छ ।

नवलपरासीको रतनपुरको खयरकाण्डमा वन कार्यालयका कर्मचारीहरुको प्रत्यक्ष संलग्न भएको ठहर गरी अदालतले एकजना अपाङ्गबाहेक सबैलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि सबै कर्मचारीहरु फरार छन् ।

तत्कालिन निमित्त जिल्ला वन अधिकृत उपेन्द्र चौधरी, सहायक वन अधिकृत सुरेश गुप्ता, ईलाका वन कार्यालय कावासोतीका सहायक वन अधिकृतद्वय बिष्णु न्यौपाने, बलराम खकुराल,  मुकुन्दसेन रेञ्जपोष्टकी सहायक वन अधिकृत भगवती बगाले लगायत फरार छन् ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %