काठमाण्डौ जेठ १७ ,हिजो नेपाल मगर महिला संघ र नेपाल मगर बिद्यार्थी संघको संयुक्त आयोजनामा कलंकी स्थित नेपाल मगर संघको आफ्नै भवनको सभाहलमा भेटघाट तथा परिचय कार्यक्रम सम्पन्न गर्यो । नेपाल मगर महिला संघकी अध्यक्ष गंगा खासु मगरको सभापतित्वमा र नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख अतिथिमा नेपाल मगर बिद्यार्थी संघका सचिब दिनेश राना मगरले कार्यक्रम संचालन गरेका थिए ।
त्यस्तै बिसेस अतिथिमा नेपाल मगर संघ केन्द्रिय समितिका भुपु अध्यक्ष यम बहादुर बुढाथोकी मगर अतिथिहरुमा प्रध्यापक छबिलाल चिदि मगर,लोक बहादुर राना मगर,भोजबिक्रम् बुढा मगर,रेनुका काउचा मगर,हुम बहादुर पचभैया मगर,लोकगायिका मुना थापा मगर, हरीमाया राना मगर,हीरामाया राना मगर लगायत काठमाण्डौ, ललितपुर,महिला र बिद्याथीहरुको बाक्लो उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा बेल्जियम मगर संघका कोषाध्यक्ष लोक बहादुर राना मगरले नेपाल मगर बिद्यार्थी संघको कार्यलयलाई भाडा स्वरुप ५२,०००/- हजार रुपैया चौथो किस्ता सस्थाका अध्यक्ष रेनुका काउचा मगरलाई हस्तान्तरण गरे । नेपाल मगर बिद्यार्थी संघ र बेल्जियम मगर संघ बिच सहमति भएनुसार बेल्जियम मगर संघले मगर बिद्याथीहरुको कार्यलय भाडामा सहयोग पुर्याउदै आइरहेको छ । सोहि कार्यक्रममा राना मगरलाई नेपाल मगर महिला संघकी अध्यक्ष गंगा खासु मगरले मगर महिला संघको पांचौ राष्ट्रिय महाधिवेशनमा सहयोग गरेबापत कदरपत्रले सम्मान गरिन । राना मगर आजै आफ्नो बिदा सकेर बेल्जियम तिर लाग्दै छन् ।
