गोविन्द घर्ति देवदह जेठ ११ । बुद्धको उपदेशलाई सवैले पालन गर्ने हो भने देशमा शान्ति छाउन सक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले भगवान गौतम बुद्धले दिएका उपदेशलाई राज्यले नै वेवास्ता गरेका कारण देशमा विभिन्न समस्याहरु देखा परेको र यस तर्फ सम्पूर्ण नेपाली सचेत हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष एवं तामाङ्ग घेदुङ्ग रुपन्देहीका पुर्व अध्यक्ष नर्वुलामाले पञ्चशिलको सिद्धान्तलाई सवैले आत्मसाथ गर्न सके समाजमा शान्ति स्थापना हुने र शान्ति बाट नै देशको समग्र विकास गर्न सकिने बताउनु भयो । बुद्ध जन्मेको देश भएपनि नेपाल सरकारले बुद्धको ऐतिहासिक पहिचानलाई जोगाउन नसकेको बताउदै लामाले जनस्तरबाट बुद्धको सन्देशलाई प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनु भयो । अध्यक्ष लामाले बुद्धको शिक्षालाई पालना गर्न सकेमा संविधान सभाको चुनाव समयमै भई संविधान निर्माण हुने दावी गर्नु भयो । मायादेवी वनवाटिका संरक्षण समिति देवदह–६ को आयोजनामा २५५७ औं बुद्ध जयन्ती कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग रुपन्देहीका अध्यक्ष वीर बहादुर लामा, नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, नेपाली काग्रेस देवदहका उपसभापति दिल्लीराज मरासिनी, एकिकृत माओवादीका टिका गौतम, राष्ट्रिय जनमुक्ति पार्टीका डम्वर बहादुर थापा, समाजसेवी विश्वराज खनाल, जनता माविका प्रधानाध्यापक चन्द्रकान्त पाण्डे, गोविन्द क्षेत्री, रामप्रसाद देवकोटा, महेश श्रेष्ठ लागयतले बोल्दै राज्यले गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रलाई वेवास्ता गरेको बताएका थिए । मायादेवी वनवाटिका संरक्षण समितिका अध्यक्ष हरी केसीको अध्यक्षता, सचिव अर्जुन खनालको स्वागत र टेक बहादुर थापाको संचालनमा भएको कार्यक्रममा स्थानीय कलाकारहरु द्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यसैगरी
जेठ ११ । २५५७ औ बौद्ध जयन्ती देवदहमा विविध कार्यक्रमका साथ मनाईएको छ । महामाया धर्मोदय विहार देवदहको आयोजनामा रुपन्देहीको देवदह शितलनगर विहार निर्माण स्थलमा जयन्ती सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले बौद्ध दर्शनको बारेमा चर्चा गर्दै अहिलेको अवस्थामा भगवान गौतम बुद्धका दर्शनहरुलाई प्रयोगमा ल्याउदा देशमा शान्ति कायम हुने विचार ब्यक्त गरेका थिए । भगवान बुद्धको मावली स्थल सम्भावित पर्यटकिय क्षेत्र देवदहलाई लुम्बिनी विकाश कोष र राज्यले ध्यान नदिदा ओझेलमा परेकोमा दुख ब्यक्त गरेका थिए । सेवा विकाश बैङ्क देवदह शाखा प्रबन्धक डण्दपाणी भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देवदह डेभलपमेन्ट सोसाईटीका अध्यक्ष भिम गुरुङ, मगर बौद्ध संघका पुर्व केन्द्रिय सदस्य कमान सिंङ सारु, देवदह गाविस का पुर्व उपाध्यक्ष जसमान गुरुङ, मीत्रलाल खराल, बेल बहादुर गुरुङ, गुमान सींह के.सी., ईन्द्र बहादुर रजाली लगायतले बोल्दै देवदह बौद्ध धर्मावलम्बीहरुको मुख्य तिर्थस्थल बनाउनका लागि सबै लाग्नुपर्नेमा जोड दिएका थिए । विहारका अध्यक्ष अमृतलाल शाक्यको अध्यक्षता र डम्बर बहादुर थापाको सञ्चालनमा भएको कार्यक्रममा मगर वापा कमान सिंङ सारुले बुद्ध बचन र पञ्चशिलको वाचन गर्नुभएको थियो ।
