गोविन्द घर्ति देवदह जेठ ७
यही जेठ २३ गते हुने स्ववियु निर्वाचनलाई लिएर रुपन्देहीको देवदहमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको चहलपहल बढेको छ । विद्यार्थी संगठनहरुले आ–आफनो प्यानल अन्र्तगतको संगठन विस्तार, बैठक, भेटघाट तथा छलफललाई तिव्रता दिईरहेका छन् । देवदह आदर्श बहुमुखी क्यापसमा ३ वटा प्यानल वीच प्रतिस्पर्धा हुने भएको छ । त्यसरी प्रतिस्पर्दा गर्नेहरुमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी रहेका छन् । आ–आफनो प्यानलाई बलियो बनाउनको लागि तिनवटै विद्यार्थी संगठनले दैनिक रुपमा विभिन्न कार्यक्रमहरु गर्द आईरहेका छन् । अनेरास्ववियुका क्याम्पस ईकाई अध्यक्ष कृष्ण पौडेलले स्ववियु निर्वाचनमा आफुहरुको जीत सुनिश्चित रहेको दावी गर्नु भयो । सहमतिको धारणा अगाडि बढेको छ, तर अनेरास्ववियुको अस्तित्वलाई ओझेलमा पार्ने गरी कुनै पनि सम्झौता नगर्ने उहाले बताउनु भयो । त्यस्तै गरी नेपाल विद्यार्थी संघ देवदह आदर्श बहुमुखी क्याम्पस ईकाई समितिका अध्यक्ष केशव अधिकारीले स्ववियुको निर्वाचनलाई लिएर आफुहरु संगठन विस्तार र विद्यार्थीहरु वीच छलफलको क्रममा रहेको बताउनु भयो । अधिकारीले पनि स्ववियु निर्वाचनमा आफुहरुको प्लानल विजयी हुने दावी गर्नु भयो । उता अखिल क्रान्तिकारी मुल ईकाई समितिका सचिव कृष्ण खरेलले देवदह आदर्श बहुमुखी क्याम्पसमा ७५ प्रतिशत विद्यार्थी क्रान्तिकारीको पक्षमा रहेकाले जित सुनिश्चित रहेको बताउनु भयो । खरेलले आफुहरुको जीत सुनिश्चित भएकाले कुनै पनि प्यानल संग सहकार्य नगर्ने बताउनु भयो । देवदह आदर्श बहुमुखी क्याम्पसमा करिव ४ सय भन्दा बढि विद्यार्थी रहेको क्याम्पसले जनाएको छ ।
