०४ जेठ, नवलपरासी । नेपाल मगर बौद्ध सेवा समाज पश्चिमाञ्चाल क्षेत्रका प्रशिक्षक प्रमुख हरि थापा मगरले बौद्ध परम्परा अनुसार मगर समुदायमा जन्म–मृत्यु बारे मौलिक परम्परा र संस्कार सम्बन्धी जनचेतना जोगाउदै अगाडि बढ्नु पर्ने बताउनु भएको छ । आजबाट शुरु भएको मगर उपासक वापा–मापा ३ दिने प्रशिक्षण शिविरको उद्घाटन गर्दै प्रमुख अतिति समेत रहनुभएका मगरले सो कुरा बताउनु भएको हो ।
नेपाल मगर संघ गैंडाकोट नवलपरासीको आयोजनामा गैडाकोटमा सुरु भएको मगर उपासक वापा–मापा ३ दिने प्रशिक्षण शिविर नेपाल मगर संघ गैंडाकोट नवलपरासीका अध्यक्ष शिवबहादुर पुन मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल बौद्ध सेवा समाजका अध्यक्ष सिंहबहादुर ढेंगा मगर, सचिव रमेश राना मगर,नेपाल मगर संघ जिल्ला कार्यसमिति नवलपरासीका भुपु सचिव एवं सल्लाहकार तिलबहादुर झेंडी मगर यसै गरी अतिथिमा नेपाल मगर संघ जिल्ला कार्यसमितिका सदस्य टकबहादुर थापा मगर,नेपाल आदिबासी जनजाति महासंघ गैंडाकोटका महासचिव वृष राना,गैंडाकोट आदर्श गुरुङ समाजका अध्यक्ष प्रजन गुरुङ, थारु कल्याणकारिणी सभाका लक्ष्मी चौधरी, भुजेल सेवा समाजका प्रेम भुजेल, राष्ट्रिय जनमुक्ति पार्टी गैंडाकोटका अध्यक्ष चीनबहादुर सारु मगर, तुलबहादुर सुनारी मगर लगायतले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
गैंडाकोट–८ स्थित साङ्क डोदोन लिङ्ग बौद्ध गुम्बा परिसरमा जारी सो प्रशिक्षण शिविरमा क्षेत्र नं १ का प्रत्येक गा.वि.स.बाट प्रतिनिधित्व हुने गरी ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको नेपाल मगर बौद्ध सेवा समाज नवलपरासीका जिल्ला सदस्य एवं क्षेत्र नं. १ का संयोजक चेतबहादुर सारु मगरले जानकारी दिनुभयो ।
—देवेन्द्र सारु मगर, नवलपरासी ।
वापा–मापा प्रशिक्षण शिविर शुरु
Read Time:2 Minute, 41 Second
