महासंघमा जिम्मेवारी हस्तान्तरण

Read Time:1 Minute, 40 Second

काठमाडौं ३ बैशाख, आदिबासी जनजाति महासंघको निवर्तमान नेतृत्वले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेको छ । निवर्तमान समितिले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गत साता चितवनमा सम्पन्न आठौ“ महाधिबेशमार्फत निर्वाचित नया“ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो । पद हस्तान्तरण कार्यक्रमा बोल्नुहुदै नवनिर्वाचित अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिबासी जनजातिका मुद्दालाई उठाउन संचार जगतसग आग्रह गर्नुभयो ।
अब बन्ने संविधान जातिय पहिचान सहितको संघीय संविधान निर्माण आफे लागिपर्ने अध्यक्ष कुमालले बताउनुभयो । ‘हामी आदिवासी जनजातिको मुद्दालाई उत्कर्षा पु¥याउनेछौं’ अध्यक्ष कुमालले भन्नुभयो । सो अवसरमा पुरानो समितिले ६२ लाखको आय ब्यय प्रस्तुत गरेको थियो ।
निवर्तमान अध्यक्ष राजकुमार लेखीले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदैं जनजातिको मुद्दामा आफ्नो साथ सर्धै रहने बताउनुभयो । कार्यक्रमा निवर्तमान महासचिव आङकाजी शेर्पा लगायत नवनिर्वाचित पदाधिकारीहरुले मन्तब्य राख्नुभएको थियो ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %