गोविन्द घर्ति देवदह जेठ ४ ।
नीति, निर्माण तथा कार्यान्वयन तहमा आदिवासी जनजातिको पहंच नहुंदा हरेक ठाउंबाट आदिवासी जनजातिहरु उपेच्छित हुंनु परेको रुपन्देहीको सेमलारमा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले गुनासो गरेका छन् । उनीहरुले आदिवासी जनजातिका अधिकार प्राप्तीका लागि चुप लागेर बस्न नहुंनेमा पनि जोड दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ सेमलार गाउं समन्वय परिषद्, रुपन्देहीको प्रथम अधिवेशनमा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुंन् । कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ, रुपन्देहीका अध्यक्ष शन्तराम चौधरीले जनजाति महासंघ हरेक तवरले सशक्त रहेको भन्दैं आदिवासी जनजातिका अधिकार सुनिश्चत गर्न सरकारलाई दबाब दिनैं पर्ने बताउंनु भयो । नेपाल मगर संघ सेमलार गाउं समितिका सल्लाहकार देउराम गाहाको सभापतित्व, सचिव बेदप्रकाश श्रीसको संचालन तथा मगर संघ सेमलार गाउं समितिका अध्यक्ष युवराज सारुको स्वागतमा भएको कार्यक्रममा नेपाल छन्त्याल संघ, सेमलारका अध्यक्ष बहादुर छन्त्याल, थारु कल्याणकारीणी सभा, सेमलारका अध्यक्ष रामप्यारी थारु लगायतले बोल्नु भएको थियो । अधिवेशनले जयबहादुर छन्त्यालको अध्यक्षतामा सात सदस्यीय महासंघको गाउं समन्वय परिषद् गठन गरेको छ । जसमा उपाध्यक्षमा शिवरानी कठरिया, सचिवमा टीका थापा, कोषध्यक्षमा तुलबहादुर गाहारहनु भएको छ । त्यसैगरी सदस्यहरुमा अनिता थापा, गोविन्द चौधरी र गगन गुरुङ्ग चयन हुनु भएको छ । उता नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद्,करहिया र समन्वय समितिको संयुक्त आयोजनामा पांच दिने उद्घोषण तथा नेतृत्व विकास तालिम शुरु भएको छ । तालिमको आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीका उपाध्यक्ष धनबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो । संयोजक खेमानसिंह गुरुङको अध्यक्षता, राजुमान गुरुङको संचालनमा भएको कार्यक्रममा जनजाति महासंघ, रुपन्देहीका अध्यक्ष शन्तराम चौधरी, गाविस सचिव चुणामणी पाण्डे, जनजाति महासंघ, करहियाका अध्यक्ष शेरबहादुर गुरुङ, एमाओवादीका हेमन्त पाण्डे, एमालेका रेवती ज्ञवाली, कांग्रेसका हरिलाल पाण्डे, नेकपा माओवादीका खड्कबहादुर पुन, मगर संघ, करहियाका अध्यक्ष ठाकुर राना लगायतले बोल्नु भएको थियो ।
