रुपन्देहीको देवदह–३, सरनवारीको सरनखोलामा झोलुङ्गे पुल निर्माण कार्य शुरु

Read Time:2 Minute, 45 Second

गोविन्द घर्ति रुपन्देही

तराई क्षेत्रमा विरलै मात्रामा बनाईने झोलुङ्गे पुल रुपन्देहीको देवदह–३, सरनवारीको सरनखोलामा निर्माण कार्य शुरु भएको छ । सरनवारीमा निर्माण गर्न लागिएको झोलुङ्गे पुल देवदह क्षेत्रको पहिलो हो । जिल्ला विकास समिति रुपन्देही र हेल्वतास झोलुङ्गे पुल निर्माण संस्थाको ३२ लाखको आर्थिक सहयोगमा उक्त झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

झोलुङ्गे पुल निर्माण कार्यमा सरनवारीका स्थानीयवासीको उल्लेखनीय जनश्रमदान रहने झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खडग बहादुर सिंजालीले बताउनु भयो । सरनवारीमा झोलुङ्गे पुल निर्माण गर्न दैनिक ८५ जना स्थानीयवासी श्रमदानमा जुटिरहेको अध्यक्ष सिंजालीको भनाई रहेको छ । झोलुङ्गे पुल नहुदा स्थानीयवासीले उत्पान गरेको तरकारी लगायतका अन्य सामाग्री र विद्यार्थीहरु विद्यालय जान समेत समस्या झेल्दै आईरहेको छ ।

पुल निर्माण भएपछि स्थानीय विद्यार्थीहरु नियमित रुपमा विद्यालय जान सजिलो हुने विद्यार्थीहरुको भनाई रहेको छ । पुल नहुदा बर्षायाममा खोला तरेर विद्यालय जानु पर्ने वाध्यता झोलुङ्गे पुल निर्माण पछि त्यो समस्यबाट मुक्त हुने विद्यार्थीहरुको भनाई रहेको छ । सरनवारीलाई अर्गानिक तरकारी उत्पादन हुने स्थानको रुपमा परिचित हुदै आएको छ ।

झोलुङ्गे पुल निर्माण पछि आफुहरुले उत्पादन गर्दै आएको अर्गानिक तरकारी बजार सम्म लैजान सजिलो हुने स्थानीयवासी मेख बहादुर गाहाले बताउनु भयो । उक्त झोलुङ्गे पुलको निर्माण कार्य १ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष सिंजालीले बताउनु भयो । उक्त झोलुङ्गे पुल निर्माण कार्य शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %