रोशन अस्लामि मगर
मलेशिया, आज मिती २०१३-०५-१२ तारिख आईतवार को दिन प्रबासी मगर संघ मलेशिया को केन्द्रिय बैठक आफ्नै कार्यालयको सभाहलमा, संघका बरिस्ठ उपाधक्ष्य श्री राजेन्द्र रानामगर ज्युको अधक्ष्यता मा बैठक बस्यो। बैठकमा क्षत्रिय कमिटि पेनाङ्गका संयोजक तथा केन्द्रिय उपाधक्ष्य एन. बि. पुन मगरको बिशेष उपस्थिती र संस्था का अन्य सदस्यताहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भयको थियो ।
परिचयत्मक कार्यक्रमबाट शुरु भएको बैठक, उपस्थिती सदस्यहरु नरदिप थापा, पुरन सिंजालि, दिल्काजी थापा, देब राना ,प्रेम पुलामी,कलिराम घरती ज्युहरुले संस्था प्रती आ-आफ्न ब्यक्तिगत धारणा राख्नु भएको थियो। बिशेष गरी संगठन का सचिब-पुरन राना मगर, महसचिब राम अस्लामी मगर, उपाध्क्ष्य एन बि पुन र बरिस्ठ उपाधक्ष्य राजेन्द्र राना ज्युले मगरहरु लाई एक जुट गर्न सकिए हामीले गुमाएका अधिकारहरु फिर्ता गर्न सकिने र मुलुक को राज्य सत्ता मा मगर हरुको पहुच पुराउन सकिने कुराको जानकारी गराउनु भएको थियो। साथै राज्य यती बेला संघियता र संबिधान बिहिन अवस्था छ,यध्पी राजनीति अस्थिरता पनि छ, यसको पूर्ण निकाश को लागि अब मगर हरु पनि राजनीति चेतन शिल हुनु पर्ने मा पनि जोड दिनु भएको थियो।
ईतिहास देखी अहिलेको बर्तमान परिस्थितीमा पनि राज्यले हामी माथि पटक-पटक बिभेद गरेको छ। अब मगरहरु एक जुट भैइ यसको बिरुद्दमा जन वकालत गर्नु पर्ने कुरामा बक्ताहरुले थप जोड दिदै अब मुलुकमा एकल जतिय हाली मुहाली लाई अन्त्य गरी समानुपातिक पर्तिनिधित्त्वो सहित् समाबेसीकरण हुनु पर्ने कुरामा बिशेष आवाज उठाउनु भएको थियो। बैठकमा बिभिन्न प्रस्तावित बिषय बस्तु सँग ब्रुहत छलफल गरीएको थियो भने, प्रबासी मगर संघ मलेशियाको केन्द्रिय महाधिबेशन् गर्ने निर्णय गरी श्री एन. बि. पुन मगरको संयोजकत्वोमा ९ सदस्यत चयन गरी यथा शिघ्र मिती तोकी अधिबेशन गर्ने प्रस्ताब आजको बैठकले पारीत गरेको छ। कार्यक्रम को अनत्यमा केन्द्रिय कमिती तथा सस्कृतिक बिभाग का सदस्य श्री अभिसेक गाहा मगर आफ्नो ३ बर्ष को कार्यकाल सकेर नेपाल फर्कदै हुनु हुन्छ, गाहाले संस्था प्रती पुराएको अतुल्निय योगदान को उच्च मुल्याङ्कन गर्दै संघका बरिस्ठ उपाधक्ष्य राजेन्द्र राना मगरले कदर पत्रले सम्मान गरी सम्पूर्ण उपस्थिती साथी हरुले खादा लगाइ दिएर गाहा मगरलाई बिदाइगरी उहाको उज्जल भबिस्यको कामना गर्दै सम्पूर्ण सदस्य साथीहरुले शुभ्-कामना दिएका थिए। कार्यक्रम संघ महासचिब राम अस्लामी मगर सन्चालन गर्नु भएको थियो ।