नेपाल मगर महिला संघमा गंगा खासु मगर अध्यक्षमा पुःन निर्वाचित

राज्यसत्ता नेपाल ब्युरो

काठमाण्डौ बैशाख ३०, नेपाल मगर महिला संघको पाँचौं राष्ट्रिय महाघिवेशन बैशाख २९ गते मकवानपुर जिल्लाको हेटौडामा सम्पन्न भएको छ । गंगा खासु मगर तिन बर्षका लागि अध्यक्ष पदमा पुःन निर्वाचित भएकी छिन ।

दुई समुहमा विभाजित अधिवेसनमा संघियता र पहिचान सहितको संविधान निर्माण पक्षधरको समुहले संघियता र पहिचान विरोधी समुहलाई पराजित गरेकाछन् । पराजित उमेद्धवारहरु भने संघियताका विरोधी नभई उनका निर्देशकहरु संघियता र पहिचान सहितको संविधान निर्माण विरोधी पार्टीमा आबद्ध छन् । सो गुटले गंगा खासुको प्यानललाई हराउन हेटौडाको महंगो होटेलमा अड्डा जमाएर बसेका थिए ।

विजयी पक्ष र प्रत्याशी उम्मेदवारको ताजा मत परिणाम :

अध्यक्ष : गंगा खासु मगर ७७, प्रत्यासी : पद्मा आले मगर ३६

भाषिक उपाध्यक्ष : मन्धरी आले मगर ६१, प्रत्यासी : फुलकुमारी पुन ४३

महासचिव : हिरीसरा राना मगर ५७, प्रत्यासी : कमला पुन मगर ५५

जनसम्र्पक सचिव : उमा थापा मगर ५०, प्रत्यासी : चुना थापा मगर ३० र मनु बाँठा मगर २५

कोषाध्यक्ष : मनकुमारी पुन मगर ६१, प्रत्यासी : मनुमाया थापा मगरले ४७ मत प्राप्त गरेका थिए ।

पाँचौ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको नामावली यस प्रकार रहेको छ :

अध्यक्ष                :  गंगा खासु मगर

बरिष्ठ उपाध्यक्ष      : मनु थापा मगर

भाषिक उपाध्यक्ष     :  मन्धरी आले मगर

अठार मगरात उपाध्यक्ष:  त्रिपना बुढा मगर

काईके उपाध्यक्ष       :     पदपुर्ति गरिने

महासचिव             :   हिरीसरा राना मगर

संगठन सचिव         :   मिना थापा मगर

जनसम्पर्क सचिव     :  उमा थापा मगर

विदेश विभाग सचिव   :   बिनीता आले मगर

कोषाअध्यक्ष            :  मनकुमारी पुन मगर

केन्द्रिय सदस्यहरु     :

मेचि                    : सेमकुमारी थापा मगर

जनकपुर               : ललीमाया जर्घा मगर

कोसी                   :  मीना थापा मगर

बाग्मति                :  माया हिस्कि मगर

नारायणी               :   दिलमाया जर्धा मगर
लुम्बिनी                :  कमला पुन मगर

राप्ति                   :  लालकुमारी रोका मगर

धौलागिरी               :  सरस्वती पुन मगर

सेती, महाकाली, कर्णाली, सगरमाथा, भेरी र गण्डकी अञ्चलको सदस्य रिक्त रहेकोले पछि पदपुर्ति गर्ने गरि अधिवेशन सम्पन्न भयो । श्याममाया पुन मगर प्रमुख रहेको निर्वाचन समितिमा अधिवक्ता इन्दिरा श्रीस मगर, बमकुमारी बुढा मगर र चित्र लुंगेली मगरको चार सदस्यले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।