नेपाल मगर महिला संघको पांचौ राष्ट्रिय महाघिवेशन हेटौडामा

Read Time:2 Minute, 39 Second

हुमबहादुर थापा मगर 

 हेटौडा बैशाख २९, नेपाल मगर महिला संघको पांचौं राष्ट्रिय महाघिवेशन नेपालको औद्योगिक नगरी मकवानपुर जिल्लाको हेटौडामा २०७० बैशाख २८ गते संस्थापक अध्यक्ष बमकुमारी बुढामगरको प्रमुख आतिथ्यतामा उद्घाटित समारोहमा विशेष अतिथी श्याममाया पुन मगर अन्य विशिष्ट महिलाहरु अतिथी रहेका थिए । प्रमुख अतिथिबाट पानशमा बत्ति बालि पाँचौं राष्ट्रिय महाघिवेशन उद्घाटन पश्चात ज्ञातअज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण सहित प्रमुख अतिथिले नेपालका प्रथम सहिद लखन थापा मगरको तस्विरमा माल्याअर्पण गरेकी थिईन ।

 नेपाल मगर संघ केन्द्रीय समितिका पूर्वअध्यक्ष, यमबहादुर बुढाथोकी मगर, पूर्व सभासद प्रेम पुलामी मगर, नेपाल मगर संघ केन्द्रीय समितिका सचिव ज्ञानेन्द्र पुन मगर, प्राध्यापक मधुकर गलामी मगर र हुमबहादुर पचभैया थापा मगर लगायत नेपाल मगर संघका भातृ संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष गंगा खासु मगरको सभापतित्वमा सम्पन्न समारोह महासचिव पुर्णमाया पुलामी मगरले संचालन गरेकी थिईन । प्रमुख अतिथिले नेपाल मगर महिला संघ केन्द्रीय समितिको मुखपत्र “मास्टो मेमा चिम्जा” (महिला पत्रिका) बिमोचन गरिएको थियो ।

उद्घाटन समारोहमा नेपाल मगर महिला संघलाई सहयोग पुर्याउदै आएका मगर संघ हंगकंगका पुर्ब अध्यक्ष तथा राज्यसत्ता डट्कमका हुमबहादुर पचभैया थापा मगर लगाएत बिभिनन ब्याक्तित्व हरुलाई प्रमुख अतिथिवाट कदरपत्रले सम्मान गरिएको थियो । बन्दसत्रमा निवर्तमान अध्यक्ष गंगा खासु मगर र कोषाध्यक्ष पद्मा आले मगर अध्यक्ष पदमा प्रत्यासी रहेका छन् । निर्बाचन आज राति अबेर सम्ममा सकिने आयोजकले राज्यसत्ता डट्कमलाई जानकारि दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %