घुम्तिशिबिरको नाउमा भारतीयलाई नेपाली नागरिकता बाडिदै

Read Time:4 Minute, 36 Second

देब पचभैया

नवलपरासी बैशाख २९, भारतिय नागरिकहरुले नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्दै धमाधम उजुरी पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता वितरण कार्यमा सजगता अपनाउन सम्बन्धित कर्मचारीहरुलाई कडा निर्देशन दिएकोछ । जन्मको आधारमा नागरिकता पाएका बाबुका सन्ततिहरुलाई बंशजको नागरिकता वितरण गर्न थालेपछि जिल्लाको सिमावर्ति क्षेत्रमा रहेका करिब ५० जना भन्दा बढि भारतिय नागरिकहरुले नेपाली नागरिकता लिएको भन्दै गाविस र प्रशासनमा उजुरी परेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभएकोछ ।
झुठा प्रमाण पेश गरि नागरिकता लिएको भन्ने उजुरी पर्न थालेपछि नागरिकताको सिफारिस गर्ने गाविस सचिव र नागरिकता वितरण गर्ने अधिकारीहरुलाई त्यसमा सजगता अपनाउन कडा निर्देशन दिएको  प्रजिअ घिमिरेले बताउनुभयो ।
एकिकृत घुम्ति सेवा वाट समेत नागरिकता वितरण शुरु गर्न थालेपछि त्यसरी भारतिय नागरिकहरुले नेपाली नागरिकता प्राप्त गरेको भन्दै उजुरी पर्नेको संख्यामा पनि बृद्धि हुदै गएको प्रजिअ घिमिरेले बताउनुभयो । एउटै गाविस वाट १० जना भारतियहरुले नागरिकता लिएको भन्दै उजुरी परेकोछ । जिल्लाको सिमावर्ति गाविस गुठिसुर्यपुरा वाट मात्र १० जना भारतिय नागरिकहरुले नागरिकता लिएको भन्ने उजुरी परेको र  प्राप्त सवै उजुरीउपर छानविन भईरहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।
अध्यादेश मार्फत नागरिकतामा पहिलो संशोधन भएपछि गृहमन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय नवलपरासीले बैशाख १५ गते देखि एकिकृत एकिकृत घुम्ति सेवा वाट समेत जन्मको आधारमा नागरिकता पाएका सन्ततिहरुलाई नागरिकता वितरण गर्न शुरु गरेको हो ।
नेपाली छोरी संग विवाह गरेका भारतिय नागरिकहरुले २०६३ सालमा वितरण गरिएको नागरिकता टोलि वाट जन्मको आधारमा नागरिकता लिएको र तिनैका सन्ततिहरु अहिले नागरिकताको सिफारिस लिन गाविस र नगरपालीकामा आउनेको संख्यामा बृद्धि भएकोछ । जिल्ला संग सिमाना जोडिएका ठुठिबारी,बर्गदवा,गडौरा,लक्ष्मिपुर,झोलनिपुर लगाएतका सिमावर्ति भारतिय क्षेत्र वाट  नागरिकताको सिफारिस गराउन आउने भारतिय नागरिकहरुको संख्यामा बृद्धि भएको गाविस र नगरपालीकाले जनाएकाछन् ।
यसैबिच सिमावर्ति भारतिय नाकाहरुमा रहेका गाविस सचिवहरुलाई भारतिय नागरिकहरुलाई नागरिकताको सिफारिस दिन दबाब आउन थालेपछि केहि गाविस सचिवहरु विदाको बहाना वनाउदै गाविस जान छाडेकाछन् । स्थायि घर र कार्यक्षेत्र एउटै भएका केहि गाविस सचिवहरुले सिफारिस लिन आउने व्यक्तिलाई चिन्ने गरेको र सिफारिस दिन नमानेपछि स्थानिय केहि राजनैतीकदलका प्रतिनिधिहरुले सिफारिस दिन दबाब दिन थालेको सचिवहरुले बताएकाछन् । गाविसले नागरिकताको सिफारिस नदिएको भन्दै केहि व्यक्तिहरु आफु समक्ष मौखिक उजुरी लिएर आएको बताउदै नवलपरासीका स्थानिय विकास अधिकारी रामुराज कडरियाले कानुन भन्दा बाहिर सचिवहरु जान नसक्ने बताउदै सिमावति क्षेत्रमा बसेर सिफारिस दिदा सजग रहन निर्देशन गरिएको बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %