गोविन्द घर्ति देवदह रुपन्देही बैषाख २८ । रुपन्देहीको देवदहमा संचालन भएको सहभागितात्मक ६ दिने लेखापालन तालिम आज सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ रुपन्देहीको आयोजना र कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहको व्यवस्थापनमा उक्त तालिम सम्पन्न भएको हो । उक्त तालिमको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीलाई जिवन्त राख्नको लागि लेखालाई व्यवस्थि तगर्न जरुरी रहेकोमा जोड दिएका थिए । जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनको अध्यक्षतामा भएको समापन कार्यक्रममा डिभिजन कार्यालय रुपन्देहीका चन्द्रकान्त भट्टराई, कोलिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश अर्याल, कोलिय बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तुल्सीराम शर्मा, जिल्ला सहकारी संघका लेखा समिति सदस्य खेमानन्द ज्ञवाली, देवदह हेल्थपोष्टका ईन्चार्ज जयकिशन अधिकारी, जिल्ला सहकारी संघका शिक्षा उपसमितिका संयोजक विश्व प्रेम काप्mले, जागेश्वर पंगेनी, शुसिला भट्टराई, कमला घिमिरे लगायतले बोल्दै सहकारीलाई व्यवस्थित गर्नको लागि राज्यले पनि लगानी गर्नु पर्नेमा जोड दिएका थिए । कोलिय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा देवदह क्षेत्रका १० वटा सहकारी संस्थाका ३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
लेखापालन तालिम सम्पन्न
Read Time:2 Minute, 7 Second
