गोविन्द घर्ति देवदह रुपन्देही बैषाख २८ । मुलुकको राजनैतिक निकासको लागि गठन भएको चार दलिय समंयन्त्र तत्काल खारेज हुनु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दल बहादुर विरकट्टाले बताउनु भएको छ । उहाले लोकमान कार्कीलाई सपथ खुवाएर राष्ट्रपतिले जनताको भावना विपरीत कामगरेको दावी गर्नु भयो । राष्ट्रिय जनमुक्ति पार्टीका भातृ संगठन राष्ट्रिय भुतपुर्व सैनिक संगठन देवदहको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्याधिश पदबाट राजीनामा दिनु पर्ने जोड दिदै विरकट्टाले यथास्थितीमा निर्वाचन हुन नसक्ने दावी गर्नु भयो । आन्दोलनरत दलहरु संग सरकाले बार्ता गरी अविलम्व देशलाई निकास दिनु पर्ने विरकट्टाले बताउनु भयो । राष्ट्रिय भुतुपुर्व सैनिक संगठन देवदहका अध्यक्ष डम्वर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा मोर्चाका महासचिव सुन्दर गुरुङ्ग, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग, राष्ट्रिय भुतपुर्व सैनिक संगठनका जिल्ला अध्यक्ष भिम बहादुर राना, राष्ट्रिय महिला संघका जिल्ला उपाध्यक्ष विकला गुरुङ्ग, बुटवल नगर समितिका अध्यक्ष नरसिंह काउछा लगायतले बोल्दै जातीय पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान विना आदिवासी जनजाति, दलित र पिछडा वर्गको हक र अधिकार स्थापित हुन नसक्नेमा जोड दिएका थिए । भेलाले जित बहादुर गुरुङ्गको अध्यक्षतामा राष्ट्रिय भुपुसैनिक संगठन देवदह गठन गरेको छ । जसको उपाध्यक्षमा हरी बहादुर थापा, सचिवमा टेक बहादुर थापा, सहसचिवमा गम बहादुर पुन र कोषाध्यक्षम बेल बहादुर गुरुङ्ग रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा हिरा सिंह गुरुङ्ग, बल बहादुर सारु रहनु भएको छ ।
