गोविन्द घर्ति
देवदह बैषाख २७,कृषकहरुको प्रगति भएमात्र देशको विकास हुने रुपन्देहीको धकधईमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । कृषकलाई राहत दिन उपयुक्त कृषि नीतिको अभाव रहेको उनीहरुले बताएका थिए । अन्नपुर्ण एग्रो ईन्डट्रिज रुपन्देहीले आयोजना गरेको व्यवसायीक कुखुरा पालन तालिम तथा राहत प्रदान कार्यक्रमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
कुखुरा पालन व्यवसाय व्यवसायीक हुदै अगाडि बढि रहे पनि राज्यले कृषकलाई सहयोग गर्न नसक्दा व्यवसाय नै जोखिममा पर्दै गएको कृषकहरुको भनाई रहेको थियो । अन्नपुर्ण एग्रो ईन्डट्रिजका द्यातानन्द कडेलको अध्यक्षताम भएको कार्यक्रममा डा. प्रकाश कडेल, राजु पराजुली, कृषक राहत कोष समितिका झविलाल भट्टराई, ईश्वर श्रेष्ठ, विष्णु घिमिरे, कृषक दुर्गी नारायण यादव, सन्तु कुमार यादव लगायतले बोल्दै कृषकहरुलाई अप्ठ्यारोमा पर्दा राज्यले आवश्यक सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बर्डफ्लु पिडित कृषक दुगी नारायण यादवलाइृ ३६ हजार र सन्तु कुमार यादवलाई ४ हजार रुपैया बरावरको सहयोग प्रदान गरीएको थियो । धकधई क्षेत्रका ५० जना कुखुरा पालक कृषकको सहभागिता रहेको तालिमको सहजीकरण अन्नपुर्ण एग्रो ईन्डट्रिजका पशु चिकित्सक डा. प्रकाश कडेलले गर्नु भएको थियो । तालिम जैविक सुरक्षामा केन्द्रीत रहेको डा. कडेलले बताउनु भयो ।
