गोविन्द घर्ति देवदह
नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न विद्रोहका लागि तयार रहन आदिवासी जनजातिलाई निर्देशन दिनुभएको छ । आदिवासी जनजातिलाई अधिकार दिन शासक वर्गले अस्वीकार गरे अन्तिम विकल्प विद्रोह हुंन सक्छ शेर्पाले भन्नु भयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीले महासंघको आठौं महाधिवेशनका सन्र्दभमा आज बुटवलमा आयोजना गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रमलाई सम्बोधन गदैं महासचिव शेर्पाले अधिकार प्राप्त गर्नका लागि हतियार उठाउंन पनि पछि पर्न नहुंनेमा जोड दिनुभयो ।
उहांले सरकारले आदिवासी जनजातिका माग सुनुवाई गर्न तत्परता नदेखाए महासंघले प्रस्ताव गरेको प्रेदेशमा समानान्तर सरकार गठन गर्ने चेतावनी दिनुभयो । पहिचानसहितको संघीयताका लागि महासंघले आन्दोलन गरिरहेको बताउंदैं शेर्पाले जातीय राज्य महासंघलाई स्वीकार्य नभएको बताउंनु भयो । सर्ब पक्षीय र सर्ब दलीय गोलमेच सम्मेलन गरि सहमतीय संयुक्त सरकार गठन गर्नुपर्नेमा जोड दिदैं प्रमुख चार दलले निर्दलीय सरकार बनाएर आफ्नो असफलता प्रर्दशन गरेको उहांले टिप्पणी गर्नुभयो । सरकार र दलहरुलाई अधिकारका लागि दबाब दिन महासंघले महाधिवेशनमा शक्ति प्रर्दशन गर्ने पनि बताउंनु भयो ।
