सहकारीहरु पारदर्शि र व्यवस्थित हुनु पर्ने

Read Time:1 Minute, 44 Second

देवदह बैषाख २२, सहकारीको दिगो व्यवस्थापन भए मात्र ग्रामिण क्षेत्रको विकास हुन सक्ने देवदह आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले सहकारीहरु पारदर्शि र व्यवस्थित हुनु पर्ने बताएका थिए । डिभिजन सहकारी कार्यालय र जिल्ला सहकारी संघ रुपन्देहीको आयोजना र कोलिय वचत तथा ऋण सहकारी संस्था देवदहको व्यवस्थापनमा भएको ६ दिने सहभागितात्मक लेखापाल तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनको अध्यक्षता, चुरामणि शर्माको स्वागत र विनोद पराजुलीको संचालनमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष  डोलप्रसाद अर्याल, कोलिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश अर्याल, देवदह आर्दश बहुमुखी क्याम्पसका मित्रलाल न्यौपाने लगायतले बोल्दै सहकारीहरुमा शुसान र व्यवस्थापन राम्रो हुनु पर्नेमा जोड दिएका थिए । तालिममा देवदह क्षेत्रमा भएका १० वटा सहकारी संस्थाका ३० जनाको सहभागिता रहेको छ । तालिमको सहकजीकरण डा. खगराज शर्मा र चन्द्रकान्त भट्टराईले गर्नु हुने आयोजकले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %