गोविन्द घर्ति देवदह बैषाख २२ । जनताको घरदैलोमा सेवा पुर्रयाउने उद्देश्यले रुपन्देहीको देवदहमा संचालन भएको एकिकृत घुम्ति शिविरमा नागरिकहरु बढि खर्च गर्न वाध्य भएका छन् । एकिकृत घुम्ति शिविर भने पनि नागरिकताको फार्म किन्नको लागि वालमन्दिर जानु पर्ने वा चर्को मुल्य तिरेर लेखनदास संग फार्म किन्न वाध्य हुनु परेको स्थानीयवासीहरुको गुनासो रहेको छ । एउटा फर्म भरे वापत २ सय रुपैया तिर्नु परेको केरवानी–६ निवासी फुलकुमारी कवरले बताउनु भयो । नागरिकताको फर्म नपाउदा लेखनदासले जति रकम भने पनि तिर्न वाध्य भएको देवदह–७ की एलिसा थापाले बताउनु भयो । नागरिकताको फर्म भरेवापत आफुले लेखनदासलाई २ सय रुपैया तिरेको देवदह–३ ज्योतिनगर निवासी लक्ष्मी सेनमल्लले बताउनु भयो । लेखनदासले बढि रकम लिएको विषयमा नागरिकता टोली प्रमुख संग कुरा गर्दा नागरिकता दिनेकाम मात्र आफुहरुको भएको र अवका वाँकी दिनमा वालमन्दिर संग कुरा गरेर फर्म वितरणको व्ववस्था मिलाउने बताउनु भयो । यस विषयमा देवदह गाविसका सचिव व्रवुवहान सापकोटा संग कुरा गर्दा बढिमा एक सय रुपैया सम्म लिन सकिने तर त्यो भन्दा बढि लिन नहुने बताउनु भयो । नागरिकलाई सेवा पु¥याउने हो भने सवैकुराहरु सस्तो र सुलभ तरिकाले उपलव्ध हुनु पर्ने स्थानीवासीको भनाई रहेको छ । सेवाको नाममा आफुहरुले अझ बढि दुःख पाउनु परेको सेवाग्राहीहरुको भनाई रहेको छ ।
घुम्ति शिविरमा नागरिकहरु बढि खर्च गर्न वाध्य
Read Time:2 Minute, 6 Second
