आठौं राष्ट्रिय महाधिवेशनमा एकलाख सर्वसाधरण उतार्ने जनजाति महासंघको तयारी

Read Time:5 Minute, 5 Second

देब पचभैया, पाल्पा, २३ बैशाख

नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनमा एकलाख भन्दाबढी सर्वसाधरणलाई सदरमुकाम भरतपुरमा ल्याउने तयारी जनजाति महासंघले गरेको छ । राजधानी बाहिर पहिलो पटक आयोजना हुन लागेको महाधिवेशनलाई शक्ति प्रर्दशनको रुपमा समेत लिएकोले सक्दो सहभागीहरुको संख्या बढाउन जातिय संगठनका प्रतिनिधिहरुलाई महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले निर्देशन दिनुभएको छ । चितवनको भरतपुर स्थित तीनखोल गुम्बामा आठौं राष्ट्रिय महाधिवेशनको विषयमा आयोजित बैठकलाई सम्वोधन गर्दै अध्यक्ष लेखीले वर्षौदेखि आदिवासी जनजातिहरुले उठाएको मागको विषयमा तीब्र छलफल हुने भएकोले महाधिवेशनको उद्घाटन समारोहमा सक्दो सहभागीको संख्या बढाउन जातिय संगठनका प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको हो ।
 बैशाखको २८ गते चितवनको सदरमुकाम भरतपुरमा आयोजना हुनलागेको महाधिवेशनको तयारीको विषयमा आयोजित बैठकमा सहभागी हुन महासचिव आङकाजी शेर्पा र विभिन्न जातिय संगठनका अध्यक्ष सहित तीनखोले गुम्बा पुगेका अध्यक्ष लेखीले बहुदलिय व्यवस्था नचाहनेहरुलाई खबरदारी स्वरुप दवाव दिनका लागि सर्वसारधणको उपस्थिती बढाउनुपर्नेमा जोड दिनुभयो । फरक प्रशड्डमा अध्यक्ष लेखीले बहुदलिय व्यवस्थामा निर्दलिय व्यक्तिलाई बोकेर हिडेको भन्दै चारवटा नेताहरुको कार्यप्रति कडा आपत्ती जनाउनुभयो ।
 माओवादी अध्यक्ष प्रचण्ड, शुसिल कोइराला, झलनाथ खनाल र बिजयकुमार गच्छदारलाई इङिगत गर्दै अध्यक्ष लेखीले ६० बर्षको उपलब्धिलाई यी चारजना नेताले संस्थागत गर्न नदिएको आरोप लगाउनुभयो । उहांले यी चारजना नेताहरुको नालायिकी पनका कारण मुलुकमा समाप्त भएको निर्दलिय व्यवस्थालाई पुर्नउत्थान गर्नका लागि अभ्यास थालेको भन्दै तीब्र विरोध गर्नुभयो । ‘अध्यक्षमा प्रधानन्याधिस रेग्मीलाई र लोकमान सिंह कार्कीलाई अख्तीयारको प्रमुख बनाउने प्रयास सबै अलोकतान्त्रिक पद्धति हो उहांले भन्नुभयो ।’ अखड्ता विरोधीहरुलाई चुनौती दिन मध्य नेपालको तराईमा पर्ने थरुहटको भूमिमा आयोजना हुन लागेको ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनले आदिवासी जनजातिहरुको पहिचानको मुद्धालाई उठाउन थप टेवा पुग्ने उहांको भनाई थियो । बैठकमा राजधानीवाट चितवन पुगेका विभिन्न जातिय संगठनका प्रतिनिधिहरुले चितवनको भरतपुरमा आयोजना हुनलागेको नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनलाई सफल र व्यवस्थित बनाउने प्रतिवद्धता जनाएका छन् ।
 बैठकमा थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष भजुमानराम महतो, सह महामन्त्री फुलमती चौधरी, तमुराष्ट्रिय छोंजधी अन्तर्गत गुरुड्ड राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष कर्णवहादुर गुरुड्ड, लगायतका जातिय सगंठनका प्रतिनीधिहरुले मन्तव्य व्यक्त गरेका थिए । नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष पदमवहादुर गुरुड्डको अध्यक्षतामा बैठक आयोजना गरिएको थियो । बैठकले उद्घाटन सत्रमा एकलाख सर्वसाधरणलाई सदरमुकाम भरतपुर ल्याउनका लागि सवारी साधनको व्यवस्थापन, मञ्च निर्माण लगायत प्रचार प्रसारलाई तीब्रता दिने समेत निर्णय गरेको छ । महाधिवेशनमा ७१ जिल्लावाट चारसय भन्दा बढी प्रतिनिधि प्रवेक्षकहरु सहभागी हुंदैछन् । तीनदिन सम्म आयोजना हुने महाधिवेशनको उद्घाटन सत्र भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसको परिसरमा आयोजना हुने भए पनि बन्दसत्र भने पर्यटकीय क्षेत्र सौराहामा हुने महासंघले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %