लागु औषध प्रयोग गर्नबाट युवायुवतीलाई जोगाउन अभिभावक सचेत हुनु पर्ने

Read Time:3 Minute, 0 Second

गोविन्द घर्ति देवदह, लागु औषध प्रयोग गर्नबाट युवायुवतीलाई जोगाउन अभिभावकहरु सचेत हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । देवदहमा आयोजित लागु पदार्थ दुव्यर्सनी सम्वन्धी एक दिवसीय जनचेतना कार्यक्रममा बोल्दै उनीहरुले युवाहरु दुव्यर्सनीका शिकार भयो भने समाज विकास क्रम अवरुद्ध हुने बताए थिए । खेमा तमु युवा छोंज धी, पर्वत तमु युवा परिवार र देवदह मदर टङ्गस एकेडेमी देवदहको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले समाजमा लागु औषधकै कारण विभिन्न अपराध र कुकर्मको कार्य बृद्धि भएकाले स्वच्छ र शान्त समाज निर्माणमा लाग्नु पर्ने बताउनु भयो । उहाले अभिभावकहरुले आफना छोरा छोरीको गतिविधिलाई मसिनो गरी नियाल्नु पर्नेमा जोड दिनु भयो । उहाले खुल्ला सिमानाका कारण लागु औषध नियन्त्रण गर्न समस्या भएको बताउदै नागरिक समाज, प्रहरी प्रशासन मिलेर अगाडि बढेमा नियन्त्रण गर्न सकिने दावी गर्नु भयो । खेमा तमु युवा छोंज धी देवदहका अध्यक्ष चेत बहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य ऋषिराम सापकोटा, कानुन व्यवसायी लिलाधर मरासिनी, देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारी, एकिकेत नेकपा माओवादी देवदहका अध्यक्ष कृष्ण ढकाल, नेपाली काग्रेस देवदहका उपाध्यक्ष दिल्लीराज मरासिनी, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष केशव पुन, समाजसेवी विद्यालक्ष्मी गुरुङ्ग, राम बहादुर गुरुङ्ग, विशाल खत्री, राजेश पाण्डे, कृष्ण तिवारी कोषबहादुर गुरुङ लगायतले बोल्दै लागु पदार्थ दुव्यर्सनी नियन्त्रण गर्न सवै एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका मुख्य समन्वयकर्ता भिम गुरुङ्गको स्वागत, मोहन गुरुङ्ग र अस्मिता गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %