मलामी बाकेको ट्याक्टर पल्टदा चार भारतीय नागरिकको मृत्यु

Read Time:1 Minute, 36 Second

नवलपरासी, १९ बैशाख

नवलपरासीको त्रिवेणी सुस्ता ६ खर्साटारीमा मलामी बाकेको लु २ त ११५९ नम्बरको ट्याक्टर विहीबार दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार भारतको ठुटीबारीबाट नवलपरासीको त्रिवेणी नदीमा मलामी आएको ट्याक्टर खर्साटारी स्थित ठूलो नहरमा खस्दा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी घटना स्थलमै तीन जना र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार भारतको ठुटीबारी निवासी ५० बर्षीय निरु महमत, ३० बर्षीय सूर्यनाथ सुनार र ५० बर्षीय देवान मुस्लिमको घटना स्थलमै मृत्यु भएको हो भने रामप्रित चौहानको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा परी घाइते २० जना मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको नवलपरासीको चौपत्तामा रहेको सहित स्मृति सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार ट्याक्टर तीव्र गतिमा भएको कारण अनियन्त्रित भई नहरमा खस्न पुगेको थियो । नहरमा पानी भएको भए मानवीय क्षति अझै बढी हुने थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %