देब पचभैया पाल्पा, बैशाख १९
सामुहिक बलात्कार बाट बेहोस भएकी स्याङ्जा साखरकी एक युवतीको अबस्था समान्य बन्दै गएको छ । उनको पाल्पा स्थित लुम्बिनि मेडिकल कलेज प्रभास तानसेन पाल्पामा उपचार भैहरेको छ । उनको अबस्था सामान्य बन्दै गएको अस्पतालले बताएको छ । बिरामी भएर उपचार गर्न पाल्पाको रामपुर गएकी स्याङ्जाको साखर गाविस घर भएकी एक १८ युवती माथि हिजो सामुहिक बलात्कार भएको थियो ।
राति मोटरसाईकलमा आएका चार जनाको समुहले आफुलाई बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । २ ओटा मोटरसाइकलमा आएका युवाहरुले उनको घर नजिकैबाट जबरजस्ती नजिकैकको जंगलमा लगेर बलत्कार गरेको स्थानिय प्रमोद पोख्रेलले जनाकारी दिनुभएको छ । उनको यौनाङ्ग, टाउको, घाटी सहित शरीरका विभिन्न भागमा चोट लागेको छ ।
स्थानीयको सहयोगमा बलात्कृत युवतीलाई पाल्पाको रामपुर अस्पतालमा सामान्य उपचार पछि आज पाल्पामा ल्याईएको थियो । बलात्कार गर्ने युवाहरु फरार रहेको र उनीहरुको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । हिजो पाल्पाको रामपुरमा स्वास्थ्य परिक्षण गरि फर्कने क्रममा उनी बलाकृत भएकी थिईन् । हिजो दिउसो रामपुरको गुप्ता होटलमा नास्ता गरेदेखि नै युवाहरु पछि लागेका उनले बताएका छन् ।
