नेपालको संघीयताको बारेमा बोष्टनमा फरक मत

Read Time:1 Minute, 27 Second

 बोष्टन, अमेरिका, १४ वैसाख। संघीय राज्यको नामाकरण जातीय नामबाट नगरी भौगोलिक नामबाट गर्नुपर्नेमा बोष्टनको क्याम्ब्रीजमा आयोजित एक छलफलका बक्ताहरुले जोड दिएका छन् । हार्वड विश्वविद्यालय सम्बद्ध शोधकर्ता बि.के.रानाले अब बन्ने संघीय प्रारुपले सबै जातजातिलाई समान अवसर र शासकीय प्रतिनीधित्व दिनुपर्ने बताए।

त्यसैगरी कार्यक्रममा वेस्टर्न मिसिगन युनिभर्सीटीका राजनीतिक प्राध्यापक महेन्द्र लावतीले संघीय संरचनामा कुनै जातिको पनि स्पष्ट बहुमत नहुने तर जातीय पहिचानलाई संघीय राज्यले स्थान दिनुपर्ने बताए । उनले भने, जातिय पहिचानलाई अस्वीकार गरियो भने देश झन द्वन्द्वमा फस्नेछ। त्यसैगरी ग्रेटर बोष्टन नेपालीज कम्यूनिटीका सल्लाहकार विष्णु देउरालीले माओवादी हठका कारण संविधान बन्न नसकेको बताउँदै जातिय आधारमा राज्यको बाँडफाँड दुर्भाग्यपूर्ण हुने बताए।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %