खापांगीको सिघ्र स्वास्थ लाभको कामना गर्दै नेपाल आदिवासी जनजाति युवा परिषद युएईको प्रेश बिज्ञप्ति

Read Time:2 Minute, 51 Second

 आदिवासी जनजातिका श्रदेय अग्रज नेता एवं नेपाल मगर संघ केन्द्रिय कार्य समितिका पूर्व अध्यक्ष एवं सल्लाहाकार पूर्व मन्त्रि गोरे बहादुर खपांगी मगर लाई यही बैशाख १२ गते विहिवार अपरान्ह अन्दाजी ०१ बजे तिर राष्ट्रिय सभागृह अगाडी बा ५१ प ७३७३ नम्बरको मोटर साईकलले ठक्कर दिई घाईते हुनु भएको र  उहाँ हाल विर हस्पिटलको ईमरजेन्सीमा उपचार भै रहेकोछ । वहाँको वायाँ तर्फको टाउँकोमा दुई ठाउँमा चोट, वायाँ आखाँ निलो र वायाँ हातको नाडी र कुईनोमा चोट देखीएको छ भन्ने दुस्खप्रद समाचारले नेपाल आदिवासी जनजाति युवा परिषद युएई स्तव्द भएको छ l
सदियौ देखि विधमान रहेको जातिय उत्पिड्न जस्तो सामाजिक अपराधलाई जरै संग उखालेर फाले मात्रै मुलुक सामाजिक,राजनैतिक र आर्थिक रुपमा अग्रगामी फड्को मार्न सक्छ भन्ने सिद्दान्तका प्रतिपादक नेता खपांगी २०४६ साल देखिनै एकाधिकारवादी शासक जातिको आखाँको कसिंगर हुनुहुँथ्यो l अहिले मुलुक जातिय मुक्ति आन्दोलनको अन्तिम चरणको उत्तेजक अवस्थामा आई रहेको छ l जातिय उत्पिडनबाट मुक्ती हुने उत्पिडित जातिको चाहनालाई, आधिवेरी जसरी मडारिएर आउन थालेको उत्पीडित जातिको आन्दोलनलाई उहाँ जस्ता इतिहास पुरूषको मार्ग दर्शक अपरिहार्य छ l
 यस्तो ऐतिहासिक छणमा उहाँलाई मोटर साईकले ठक्कर दिनु कुनै पनि अर्थमा हाम्रो परिषदले सामान्य मान्न सक्दैन l निश्चय पनि शासक वर्गले गम्भीर षड्यन्त्र गरेको हुनु पर्दछ l यस्तो संवेदनशील अवस्थामा संसार भरिका आदिवासी जनजाति एवं उत्पिडित जातिमा गम्भीर हुन आव्हान गर्दै सत्यतथ्य पत्ता लगाउन नेपाल सरकार संग उच्च स्तरीय छानविनको माग गर्दै श्रदेय नेता खापांगीको सिघ्र स्वास्थ लाभको हाम्रो परिषद  कामना गर्दछ l

हरि बहादुर घर्ति मगर
                                                                                                                                                                                                                              अध्यक्ष

नेपाल आदिवासी जनजाति युवा परिषद, युएई

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %