देशको आर्थिक विकासमा भुपुहरुको अहम भूमिका

Read Time:2 Minute, 34 Second

गोविन्द घर्ति देवदह

देशको आर्थिक विकासमा भुपुहरुको अहम भूमिका रहेको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले आफनो हक र अधिकार प्राप्त गर्नको लागि राजनैतिक रुपमा सचेत भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

स्वतन्त्र भुतपुर्व सैनिक कल्याणकारी देवदहको प्रथम अधिवेशनमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । स्वतन्त्र भुतपुर्व सैनिक कल्याणकारी देवदहका अध्यक्ष जीत बहादुर पाईजाको अध्यक्षतामा भएको कार्यक्रममा अल नेपाल भारतीय दुवै सैनिक कल्याण संघका सल्लाहकार प्रेमलाल गैरे, नेपाली काग्रेसका दुर्गा बहादुर राना, नेकपा एमालेका पदम थापा, नेकपा माओवादीका ऋषिराम भूषाल, राष्ट्रिय जनमुक्ति पार्टीका डम्वर बहादुर थापा, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, रुपन्देही व्यापार संघ देवदह शाखाका रुद्रमान ढकाल, समाजसेवी श्याम अर्याल, कृष्ण बहादुर थापा, रेखन केसी लगायतले बोल्दै भुपुहरु समाज विकास तर्फ उन्मुख हुनु पर्नेमा जोड दिएका थिए ।

कल्याणकारीका उपाध्यक्ष भिमलाल पाण्डेको स्वागत र पोस बहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले जीत बहादुर पाईजाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भिम लाल पाण्डे, सचिवमा कोष बहादुर गुरुङ्ग, सहसचिवमा कृष्ण बहादुर थापा, कोषाध्यक्षमा खुम बहादुर सिं ठकुरी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा होमप्रसाद बुढा, खुम बहादुर नेपाली, भिम बहादुर गुरुङ्ग, कुलप्रसाद अधिकारी, टेक बहादुर थापा, खर सिं श्रीस, निरबहादुर शाहनी, भिमा क्षेत्री, रुक बहादुर रेश्मी रहनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %