देब पचभैया
बुटवल १४ बैशाखबुटवलको नेपालगञ्ज रोडमा रहेका विवादित जग्गामा बनेका एक दर्जन घरहरु रातको समयमा डोजर लगाएर घर भत्काईएको छ । मुकुन्डो लगाएर आएको समुहले स्थानियलाई त्रास देखाएर पक्की तथा कच्ची घरहरुमा अन्धाधुन्ध डोजर चलाएको हो । एक्कासी डोजर र स्काभेटरको प्रगोग गरि घर भत्काउन थालेपछि सुतिरहेका बालवालिकाहरु तथा बृद्धबृद्धाहरुको बिचल्ली भएको थियो ।
लामो समयदेखि विवादीत जग्गामा रहेका ति घरहरु बनेको जग्गा थानेश्वर थापाको नाममा रहेको छ भने स्थानियले आफुहरुले पुर्जा पाउनु पर्ने दावि गर्दै आएका थिए । घर भत्काउन थालेपछि प्रशासनलाइृ खबर गर्दा समयमै प्रहरी नआएको उनिहरको गुनासो छ । स्थानियहरुको ठुलो संख्या भएपछि उनिहरुले घर भत्काउन हिडेकाहरुलाइृ धपाएका थिए ।
उनिहरुले एउटा डोजर नियन्त्रणम लिएर तोडफोड गरेका छन् भने चालकलाइृ मरणासन्न हुने गरि कुटपिट गरेका छन् । सडकका मान्छेभएको भन्दा घरमा सुतिरहेकाहरुलाई समेत उठ्न नदिई घर भत्काइृएको स्थानिय राज कुमार भट्टराइृले बताए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख राजकुमार वैदावारले रातको समयमा घर भत्काउनु अपराध भएको भन्दै घटनामा सम्लग्नहरुलाई कारवाहि गर्ने बताए ।
गुण्डागार्दीको शैलिमा घर भत्काईएको भन्दै पिडितहरु बिहान पाच बजेदेखि ११ बजेसम्म बुटवल बन्द गराएका थिए । आफुहरुको करोडौको क्षति भएको भन्दै पिडित भट्टराइले जग्गाका विषयमा अदालतले समेत आफुहरुको पक्षमा फैसला गरेको अवस्थामा गुण्डाहरु लगाएर घर भत्काउने प्रयास भुमाफियाहरुले गरेको दावी गरे । क्षतिपुर्तिको माग गर्दै बन्द गर्दै सडकमा उत्रिएका पिडितपक्षलाई क्षतिपुर्ति दिलाउने प्रशासनको आश्वाशन पछि दिउसोबाट यातायात सुचारु भएका छन् ।
