जनजाति नेता तथा पूर्व मन्त्रि खपाङगी मगर आर्इ सि यु मा, दुर्घटना गराइएको आशंका

 काठमाडौ, १२ वैशाख मोटरसाइकलको ठक्करले घाइते भएका नेपाल मगर संघका पूर्व अध्यक्ष तथा जनाजाति नेता साथै पूर्व मन्त्री गोरेबहादुर खपांगी मगर बीर अस्पतालको इमर्जेन्सी कक्षाको आर्इ सि य मा उपचार  गराइरहेका छन् l उनलाई आज प्रदर्शनीमार्गमा बा ५१ प ७३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो l

पारिवारीक स्रोतका अनुसार उनको टाउकोको देब्रोपट्टी र हातमा चोट लागेको छ l उनको अवस्था स्थिर रहेता पनि अहिलेसम्म होस  नआएको परिवारले जनाएका छन l दुर्घटना कसरी भयो यसको बिवरणा आइसकेको छैन l दुर्घटना घटेको हो की षडयन्त्रवस घटाइएको हो यसमा आशंका रहेको कतिपयको भनाइ छ l जनजातिलार्इ सचेत गराइ आजको यो अवस्थामा ल्यार्इ पर्रयाउन खपाङगीको ठुलो योगदान छ l उनी वाहुनबादको खुलेर विरोध गर्ने पहिलो प्रखर नेताको रूपमा चिनिन्छन l